PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

पोखराको गगनगौंडामा बस दुर्घटना, दशभन्दा बढी यात्रु घाइते



पहिलोपोस्ट

पोखराको गगनगौंडामा बस दुर्घटना, दशभन्दा बढी यात्रु घाइते
तस्वीरः दीपेन्द्र तिवारीको फेसबुकबाट

पोखराः पोखराबाट चितवनको लागि छुटेको मिनी बस पोखरा लेखनाथ महानगरपालिकाको तल्लो गगनगौंडाको लामे आहालमा दुर्घटना भएको छ।

भरतपुरको लागि छुटेको पृथ्वी राजमार्ग बस व्यवसायी समितिद्धारा सञ्चालित ना ५ ख ३४१ नम्बरको बस बिहान पौने आठ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परी बसमा सवार दशभन्दा बढी यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख डिएसपी गोविन्द पुरीले जानकारी दिए। उनका अनुसार दुर्घटनाका घाइतेलाई उपचारको लागि पोखरा पठाइएको छ।

बस सडकबाट करिब ३० मिटर तल भरतपोखरी जाने सडकमा खसेको स्थानीय दीपेन्द्र तिवारीले बताए। दुर्घटनामा बसका चालक र सहचालक समेत घाइते भएका छन्। दुर्घटनाको कारण खुलेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell