काठमाडौं : नेपाल र मलेसियाबीच आगामी अप्रिल १ तारिखमा हुने भनिएको मैत्रीपूर्ण फुटबल खेल रद्ध भएको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले बिहीवार नेपालले मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने भन्दै जानकारी गराएको थियो। तर त्यसको भोलीपल्दै एन्फाले उक्त मैत्रीपूर्ण खेल रद्ध भएको जानकारी गराउदै इमेल गरेको हो।
एन्फाले प्राविधिक कारणले गर्दा उक्त खेल रद्द भएको जनाएपनि कस्तो कारण हो खुलाएको छैन। एन्फाको चुनावी माहोल चलिरहेका कारण
नेपालले यही मार्च २७ मा कतारको दोहामा एसियन कप क्वालिफायर अन्तर्गत यमनसँग खेल्दैछ र टोली कतारबाट मलेसिया जाने एन्फाले जनाएको थियो। नेपाली टोली यही आइतवार कतार प्रस्थान गर्दैछ र शुक्रवार टोलीको बिदाई पनि गरिएको छ।