PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अफगानिस्तान लगातार दोस्रो पटक वर्ल्डकपमा



पहिलोपोस्ट

अफगानिस्तान लगातार दोस्रो पटक वर्ल्डकपमा

काठमाडौं : एसियन राष्ट्र अफगानिस्तानले लगातार दोस्रो पटक क्रिकेट वर्ल्डकप खेल्ने भएको छ। निकै उतारचढावपूर्ण क्वालिफायर अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा आयरल्याण्डलाई ५ विकेटले पराजित गर्दै अफगानिस्तान अर्को वर्ष इंगल्याण्डमा हुने वर्ल्डकपमा लागि छानिएको हो।

जिम्बावेमा भइरहेको क्वालिफायरबाट दुई राष्ट्र मात्र छनो६ हुने प्रावधान अनुसार वेष्ट इन्डिज र अफगानिस्तानले फाइनलमा स्थान बनाउँदै वर्ल्डकपमा छनोट भएको हो।

सुपर सिक्समा वेष्टइन्डिज ८ अंक जोड्दै पहिलो र ६ अंक जोडेको अफगानिस्तान दोस्रो भएको हो। युएईसँग पराजित भएपछि घरेलु टोली जिम्बावे भने ३५ वर्षपछि पहिलो पटक वर्ल्डकपमा नहुने भएको छ। समूह चरणमा नेपालले हङकङलाई हराएपछि रनरेटमा भाग्यमानी बन्दै सुपर सिक्स पुगेको अफगानिस्तानको लागि युएईले जिम्बावेलाई हराउनु अर्को 'बेनेपिट' बन्यो।

समूह चरणमा लगातार ३ हार बेहोरेको अफगानिस्तानले सुपर सिक्समा भने लगातार ३ जित हासिल गर्‍यो। आयरल्याण्डले दिएको २१० रनको लक्ष्य ५ बल अगावै पुरा गर्ने क्रममा कप्तान असगर स्टानिजकाईले विजयी चौका प्रहार गरे।

अफगानिस्तानको जितमा ओपनर मोहमद सेहजादले ५४ रनको योगदान गरे भने गुल्बादिन नइबले ४५ रन जोडे। स्टानिजकाई ३९ रनमा नटआउट रहे।

त्यसअघि हरारेमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २०९ रन बनाएको थियो। आयरल्याण्डका लागि ओपनर पउल स्टर्लिङले सर्वाधिक ५५ रन बनाए भने केभिन ओ ब्राएनले ४१ तथा नाएल ओ ब्रानले ३६ रन जोडे। अफगानिस्तानका रसिद खानले ३ विकेट लिए।

वेष्ट इन्डिज र अफगानिस्तान छनोट भएसँगै वर्ल्डकप खेल्ने १० राष्ट्रको नाम टुङ्गो लागेको छ। यसअघि नै शीर्ष आठ वरीयतामा रहेका ८ टिमले वर्ल्डकपमा स्थान बनाइसकेका छन्।

भारत, अष्ट्रेलिया, दक्षिण अफ्रिका, न्यूजिल्याण्ड, पाकिस्तान, श्रीलंका, बंगलादेश र आयोजक इंगल्याण्डसहित वेष्ट इन्डिज र अफगानिस्तानले अर्को वर्ष हुने वान ८ वर्ल्डकपमा प्रतिस्पर्धा गर्नेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell