PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नाकाबन्दीले छेक्न सकेन तिहारको रौनक, हेर्नुस् उज्यालोले धपक्क बलेको काठमाडौँका फोटो



नाकाबन्दीले छेक्न सकेन तिहारको रौनक, हेर्नुस् उज्यालोले धपक्क बलेको काठमाडौँका फोटो

​काठमाडौं : बिनासकारी भूकम्प, तराई मधेसमा आन्दोलन र भारतको अघोषित नाकाबन्दी। भूकम्पले घर भत्किएकाहरु छाप्रोमा रात काट्न बाध्य। भान्छामा खाना पकाउने ग्यासको अभाव। डिजेल/पेट्रोल अभावले पैदल वा छतमा यात्रा गर्नुपर्ने बाध्यता। दैनिक उपभोग्य सामानको चर्को अभाव, दोब्बर बढेको बजार भाउ। असहज जनजीवन।

तर समस्यामात्र छैनन्, संकटलाई अवसरमा बदल्ने प्रणले होला मानिसहरु निराश छैनन्, भलै उनीहरु चिन्तित छन्। नाकाबन्दीकै बीचमा जसोतसो दसैं मनाएका नेपालीले तिहार पनि दुःखमै काटे तर आशाका साथ। नेपालीको सात दसक पुरानो संविधानको सपना पुरा भएको उत्साह त छँदै छ, तराई मधेसमा देखिएका समस्या समाधान हुने र नाकाबन्दी हट्ने आशा पनि मानिसहरुमा छ। 

त्यो आशा तिहारको दिपावलीमा पनि झल्किन्थ्यो। नाकाबन्दीको पीडा भए पनि मानिसहरुले दिपावली गरे र आशाका बत्ती बाले। राजधानी काठमाडौं लक्ष्मीपूजाको रात झलमल्ल देखिन्थ्यो। 

तिहारको दिपावली र काठमाडौंको झिलीमिली हेर्न पहिलोपोस्ट टिम बुधबार साँझ काठमाडौं नजिकै रहेको चन्द्रागिरि डाँडामा पुगेको थियो। त्यहाँबाट खिचिएका फोटाः

















काठमाडौँ दरबारमार्गमा भने यस्तो थियो दृश्य



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell