PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​तिहारमा हजारौं लाटोकोसेरोको बली



​तिहारमा हजारौं लाटोकोसेरोको बली

  • राजु आचार्य-
मानिसहरु कतिसम्म क्रुर हुन्छन् भन्ने अबोध चराको बलीले पनि प्रष्ट हुन्छ। लक्ष्मी पूजाको दिनमा यीनलाई मारियो भने घरमा आएको लक्ष्मीको बास स्थायी हुन्छ भन्ने अन्धविश्वास अझै छ। हिन्दु धर्माबलम्बीहरुमाझ लाटोकोसेरो तथा हुंचिललाई देवी लक्ष्मीको बाहन मानिन्छ।

बर्षभरी घरमा धनधान्य अथाह हुने विश्वासमा भारतमामात्र हजारौं लाटोकोसेरो तथा हुंचिलहरुको बली दिने चलन छ। तिहारका बेलामा सो बलीको लागि मानिसहरुले भारतमा एउटा लाटोकोसेरोको २५ हजारसम्म तिरेको भेटिएको छ। नेपालको केही तराईका जिल्लाहरुमा समेत यो चलन देखिएको अपुष्ट खबरहरु आएका छन्।
 
बिसौं बर्ष लगाएर लाटोकोसेरो तथा हुंचिलको बारेमा अध्ययन गरेका भारतीय बैज्ञानिक अबरार अहमदले यस्ता घटनाहरु भारतीय ठूला सहरमध्ये दिल्लीमा पनि रहेको स्वीकार गर्छन्। उनले निकालेको Imperilled Custodians of the Night नामक प्रतिवेदनले भारतभर लाटोकोसेरोको अबैध शिकार र व्यापारका बारेमा उल्लेख गरेको छ। उनले भारतको कुन बाटो भएर नेपाल जान्छ भन्ने समेत उल्लेख गरेका छन्। सो प्रतिवेदन पश्चात लाटोकोसेरो प्रति संसारभर चासो बढ्यो।
 
हेरी पोर्टरको कथा र सिनेमा पश्चात भारतका मध्यम वर्गीय परिवारमा जीवित लाटोकोसेरो उपहार दिने चलन बढेको भनेर चिन्ता जाहेर हुँदा हेरी पोर्टरले तेसो नगर्न अनुरोध गर्नुपरेको थियो। सन् २०११ मा भारतीय वातावरण मन्त्री जयराम रमेशले हेरी पोर्टरलाई भारतीय लाटोकोसेरो मारिनुमा हेरी पोर्टरलाई दोष लगाएका थिए।
 
तान्त्रिक विद्यामा पनि जीवित लाटोकोसेरोको प्रयोग सामान्य मानिन्छ नेपाल र भारत दुवै ठाउँमा। नेपालमा अबैध चोरी सिकारीको तथा ब्यापारको कारणले बार्षिक कम्तीमा २००० मरिन्छन् वा बेचिन्छन्। मासु, औषधी तथा  अन्धविश्वासका कारणले लाटोकोसेरोको शिकार र व्यापार हुने गरेको छ। ‘लाटोकोसेरो तथा हुंचिल’ हरु नेपालमा सबैभन्दा बढी चोरीशिकारी तथा अबैध व्यापार हुने वन्यजन्तुको उच्चतम ५ को सूचिमा पर्ने विश्वास गरिन्छ।  
 
कानुनत यीनलाई मार्न तथा व्यापार गर्न नपाइने भए पनि सरकारी निकाएको मौनताले यीनको व्यापार र शिकार दुवै मौलाएको छ सन् २००८ पछि नेपालमा पनि गैर सरकारी संस्थाले अध्ययन र संरक्षणमा चासो दिएको ‘प्रकृतिका साथीहरु’का वन्यजन्तु निर्देशक यादव घिमिरे बताउँछन्। उनका अनुसार संसारभर पाइने २२५ प्रजातिका लाटोकोसेरोहरु मध्य नेपालमा २२ प्रजातिका अभिलेख गरिएका छन्।
 
यस बर्षको तिहारले यो पन्छी संरक्षणमा सबैको चासो जगाओस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell