PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

क्यान अध्यक्षसहित १८ जनाले विशेष अदालतबाट पाए भ्रष्टाचार मुद्दामा सफाइ



काठमाडौँ : विशेष अदालतले नेपाल क्रिकेट सङ्घ (क्यान)का तत्कालीन अध्यक्ष टङ्क आङबुहाङसहित १८ जनामाथि लागेको भ्रष्टाचार मुद्दामा सफाइ दिने फैसला गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष जेठ २५ गने क्यानका १० पदाधिकारी र ठेकेदार कम्पनीले रु एक करोड ४३ लाख भ्रष्टाचार गरेको भन्दै अदालतमा तिनविरुद्ध मुद्दा दायर गरेको थियो। 

अदालतका न्यायाधीश नरेन्द्रकुमार शिवाकोटी, मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासले आज सो फैसला गरेको अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए। 

अदालतको फैसलामा उनीहरुको संलग्नतामा कुनै पनि रकम हिनामिना नभएको देखिएको उल्लेख गर्दै अध्यक्ष, सबै पदाधिकारी तथा ठेकेदार कम्पनीलाई सफाइ दिने निर्णय भएको जनाइएको छ। 

स्थानीय मूलपानीमा क्रिकेट मैदान निर्माण गर्न सरकारबाट प्राप्त अनुदान रकममा भ्रष्टाचार भएको, सरकार र विदेशी सङ्घसंस्थाबाट उपलब्ध सहयोग दुरुपयोग गरेको, सामान खरिद गर्दै नगरी त्यसबापत भुक्तानी दिएको लगायत अभियोग पदाधिकारीलाई लागेको थियो। 

क-कसले पाए सफाइ?

  • क्यानका अध्यक्ष टङ्क आङ्बुहाङ
  • उपाध्यक्ष विनोदकुमार मैनाली र सुनिलमान अमात्य,
  • कोषाध्यक्ष राजबाबु श्रेष्ठ,
  • सचिव ठाकुरप्रसाद पहाडी,
  • सदस्य पूर्ण लामा,
  • आर्थिक समितिका संयोजक चतुरबहादुर चन्द
  • सदस्य अशोकनाथ प्याकुरेल, किरणशम्शेर राणा र ठाकुरप्रताप थापा,
  • राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर अरुण उपाध्याय
  • ठेकेदार कम्पनी गौरा कन्स्ट्रक्सनका सञ्चालक सूर्य अधिकारी,
  • खड्का कन्स्ट्रक्सनका सञ्चालक राजकुमार खड्का,
  • आर कोमल कन्स्ट्रक्सनका रामशरण देउजा,
  • नवनिर्माण कम्पनीका कृष्णप्रसाद पाण्डे,
  • नेपाल कन्स्ट्रक्सन एन्ड डेभलपमेन्टका सञ्चालक पवन पाठक

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell