PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोइराला र देउवापछि कांग्रेसमा ​मधेसी राष्ट्रवादका आधारमा देखियो तेस्रो एलायन्स



कोइराला र देउवापछि कांग्रेसमा ​मधेसी राष्ट्रवादका आधारमा देखियो तेस्रो एलायन्स

  • रमेश वाग्ले/पहिलोपोस्ट -
काठमाडौँ : नेपाली कांग्रेसमा संविधान जारी भएपछि तेस्रो एलायन्स देखा परेको छ । पहिले सभापति कोइराला पक्षधरको संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवाको नेतृत्वमा देउवा पक्ष गरी दुई वटा मात्र प्रस्ट गुट रहेकोमा अहिले तेस्रो गुट सक्रिय भएको छ। त्यसका् नेतृत्व कसले गर्ने भन्ने स्पष्ट नभएपनि त्यसको आधार भने मधेसी राष्ट्रवाद बनाइएको छ।

केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, केन्द्रीय सदस्य समेत रहेका पूर्व महामन्त्री विमलेन्द्र निधि र संस्थापन र देउवा पक्षमा रहेका अधिकांस मधेसी नेताहरु उनीहरुको वैचारिक गुटमा परेका छन्। कतिसम्म भने पहिले मधेस राजनीतिका विषयमा एकदमै भिन्न विचार रहेका केन्द्रीय सदस्य अनन्दप्रसाद ढुंगाना, फरमुल्लाह मन्सुर, अजय चौरासीया लगायत समेत अहिले विमलेन्द्र निधिसँगै निकट देखिएका छन्।

यो गुट महाधिवेसनसम्म जान्छ वा जाँदैन भन्ने स्पष्ट नभएपनि वैचारिक रुपमा समानता देखिएकाले त्यसले मूर्तरुप पाउँछ वा पाउँदैन भन्ने बहस कांग्रेसमा सुरु भएको छ। उनीहरुले जनसंख्याका आधारमा निर्वाचन क्षेत्रलाई प्रमुख आधार बनाएका छन् भने मधेसमा दुई प्रदेश हुनुपर्ने पनि धारणा राखेका छन्।
 
यस्तै यसअघि संस्थापनबाट महामन्त्री बनेका कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पदबाट भर्खरै राजिनामा दिएका पूर्णबहादुर खड्का लगायत शेरबहादुर देउवा निकट देखिएका छन्। वैचारिक रुपमा नयाँ बहस थाल्ने र त्यसले महाधिवेसनसम्म प्रभावित हुने अपेक्षा गरिएको केन्द्रीय समितिमा यही नयाँ गुट देखा पार्ने बाहेक कुनै नयाँ विचार आउन सकेको छैन।

केन्द्रीय सदस्यहरुले नेताहरुमा आएको विभाजन र विरोध र बचाउको राजनीतिले विचार निर्माणका लागि माग बन्द गरेका बताएका छन्। ‘यो गम्भीर परिस्थितिमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेसनका लागि नयाँ विचार निर्माण गर्छ भन्ने लागेको थियो’ कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौंडेलले भने, ‘कोइरालालाई सिध्याएर पार्टी सभापति बन्ने र सभापति कोइरालाको बचाउमा केन्द्रीय सदस्यहरु विभाजित हुँदा त्यो संभावना देखिएको छैन।‘

पौडेलले केही केन्द्रीय सदस्यहरुले नेताहरुको पक्षपोषणभन्दा पनि पार्टीको हितमा मात्र बोलेको भए पनि उनीहरुको विचार अल्पमतमा परेको बताए।
 
वरिष्ठ नेता शेरबहादुर देउवा पक्षले देउवाले प्रधानमन्त्री पाउने अपेक्षाका साथ प्रधानमन्त्री आफैले पाउनुपर्ने धारणा राखेकाले सुशील कोइरालाको उम्मेद्वारीलाई हार्नका लागि किन दिएको भन्ने प्रश्न उठाउने बाहेक मजबुत आलोचना गर्न सकिरहेका छैनन्। महामन्त्री कृष्ण सिटौला, सहमहामन्त्री पूर्णबादुर खड्कालगायत ओली नेतृत्वको सरकारमा जानुपर्न भनेर धारणा राख्नेहरु समेत आलोचित भएका छन्।

सहमहामन्त्री पूर्णबहादुर खड्काले त सभापतिको उम्मेद्वारीपछि देखाएको व्यवहारको प्रतिफल स्वरुप कनिष्ठ केन्द्रीय सदस्यहरुबाट समेत गाली पाएका छन् । सहमहामन्त्री पूर्णबहादुर खड्कालाई कारवाही गर्न केन्द्रीय सदस्य कल्याण गुरुङले माग गरेका छन्।

‘तपाईले पार्टीका आन्तरिक बैठकमा जे जस्ता धारणा राख्दा पनि सभापतिको उम्मेद्वारी प्रस्तावक बरिष्ठ नेता र समर्थक उपसभापति बसेर दर्ता गरिसकेपछि देखाएको व्यवहार स्वभाविक छ ?’ केन्द्रीय सदस्य कल्याण गुरुङले भने, ‘आफ्नो पद र हैसियतअनुसार तपाईले व्यवहार गर्नुभएको छ, छैन भने तपाइलाई किन कारवाही नगर्ने ?’ उनले सभापति कोइराला समक्ष गैर जिम्मेवार भूमिका देखाउननेलाई कारवाही गर्न पनि माग गरे । 

यस्तै केन्द्रीय सदस्य गुरुराज घिमिरेले पनि एमाले नेतृत्वको सरकारमा जानुपर्छ भन्नेहरुले ‘पपुलिष्ट’ कुरा गर्दा पार्टीलाई क्षति भएको भन्दै ‘त्यस्ता व्यक्तिलाई कारवाही किन नगर्ने ?’ भन्दै प्रश्न उठाएका थिए । केन्द्रीय सदस्यहरु तथा प्रवक्ता दिलेन्द्रपासद बडु, गु्रुराज घिमिरे र कल्याण गुरुङले खुलेर सभापति कोइरालाको बचाउ गरेका थिए भने अन्य केन्द्रीय सदस्यहरुले जनतामा गएको सन्देशले पार्टीले सत्ता नपाउँदा भन्दा पनि सयौं गुणा बढी क्षति भएको बताएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell