PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​नयाँ शक्ति अभियानमा लागेका एमाओवादी नेता भन्छन् 'पार्टी छोडेका छैनौं तर अनुशासनमा बस्दैनौं'



​नयाँ शक्ति अभियानमा लागेका एमाओवादी नेता भन्छन् 'पार्टी छोडेका छैनौं तर अनुशासनमा बस्दैनौं'

  • पहिलोपोस्ट-
काठमाडौं : एकीकृत नेकपा माओवादीका ४५ जना नेताहरुले आफुहरु नयाँ शक्ति निर्माणको अभियानमा लागेको पार्टीलाई जानकारी गराएका छन्। मंगलबार केन्द्रीय कार्यालयमा कार्यालय सचिव हितराज पाण्डेलाई पत्र बुझाएका हुन्।

उनीहरुले बुझाएको पत्रमा पार्टीले बिभिन्न कमजोरी गर्दै अहिले बिघटनको चरणमा रहेकाले आफुहरु मुकदर्शक हुन नसक्ने भन्दै नयाँ वैकल्पिक शक्ति निर्माणमा लाग्ने उल्लेख गरिएको छ। 'पार्टी निरन्तर विघटनको दुःखद चरणमा गएको अवस्थाप्रति मुकदर्शक भएर बस्न सकिँदैन तसर्थ यस ऐतिहासिक संकटको बिन्दुबाट नयाँ वैकल्पिक नयाँ शक्ति निमार्णको अभियानमा लाग्नु कर्तव्य ठान्दै सो को जानकारी गराउँदछौं' पत्रमा भनिएको छ।

पत्रसँगै ४५ जना नेताहरुको हस्ताक्षर पनि बुझाइएको छ। हस्ताक्षर गर्नेमा देवेन्द्र पौडेल, रामरिझन यादव, गंगानारायण श्रेष्ठ, रामचन्द्र झा, खिमलाल देवकोटा, महेन्द्र पासवान, स्वनाम साथी, नवराज सुवेदी लगायत रहेका छन्।

नयाँ शक्ति निर्माणमा लागेका नेता देवेन्द्र पौडेलले आफुहरुले पार्टी छाडेको नभई नयाँ शक्ति निर्माणको अभियानमा लागेको जानकारी गराएको बताए। हामीले पार्टी छाडेका छैनौं, नयाँ शक्‍ति निर्माणको अभियानमा लागेका छौं भन्ने जानकारी गराएको मात्र हो उनले भने। नेता पौडेलले आफुहरु पार्टीको अनुशासनमा भने नबस्ने बताए। 'हामी नयाँ शक्ति निर्माणको अभियानमा लागेकाले पार्टीको अनुशासनमा बस्दैनौं,  हामीले पार्टी छोडेको भनेका छैन तर अब पार्टीले के गर्छ उसकै कुरा हो।'

हेर्नुस् पत्रमा हस्ताक्षर गर्नेहरुको नाम र हस्ताक्षर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell