- पहिलोपोस्ट-
एमाले मन्त्री मण्डलले सोमबार विराटगरमा एक पत्रकार सम्मेलनमा तराईमा जारी आन्दोलनमा भारतीय सहयोग रहेको दावी गरेका थिए। उनले भनेका थिए – ‘भारतले नेपालमा बर्दीको सेना पठाउन सक्दैन त्यसैले बिना बर्दीको सेना पठाउने खतरा बढेर गएको छ’।
मन्त्री मण्डलले भारतले नेपालमा उपनिवेश लाद्न खोजेको टिप्पणी गरेका थिए। उनले आफूले सप्तरीको घरमा बच्चा राख्न नसकेको, जिल्ला प्रवेशमा मधेश केन्द्रित दलहरुले रोक लगाएको तथा दिनहुँ थ्रेट आइरहेको समेत बताएका थिए। मण्डले एमालेका मधेश विभाग प्रमुख समेत हुन्। सरकारको मन्त्री चयन भएपनि उनले भूमीका भने पाएका छैनन्।
के भन्छ भारतीय दूतावास?
भारतीय दूतावासले खण्डन प्रकाशित गर्दै भनेको छ – यस्ता टिप्पणीहरु उक्साउने, आधारहिन र खराब मानसिकताबाट (इल - इन्टेनसन्ड) आएका हुन्। नेपाल सरकारको मन्त्री जस्तो पदमा रहेको व्यक्तिबाट यस्तो टिप्पणी आउनुले नेपाल भारत सम्बन्धमा खराब असर पर्न सक्छ।समारचाको खण्डनसँगै भारतीय दूतावासले यस्ता कमेन्टहरुले बर्षौ लामो सम्बन्धमा असर पर्न सक्ने चेतावनी समेत दिएको छ। दूतावासले भनेको छ – दूतावास कडाईका साथ आरोपको खण्डन गर्दै सबै जिम्मेवार व्यक्तिहरुलाई आग्रह गर्न चाहान्छ कि यस्ता भनाई र गराईबाट टाढै रहनुस्, यसको नकरात्मक असर बर्षौ लामो नेपाल भारत सम्बन्धमा पर्न सक्छ।
भारतले विज्ञप्तीको अत्यमा नेपालमा आफूले सँधै शान्ति स्थायित्व र समृद्धिका चाहेको उल्लेख गर्दै नेपाल सरकार र नेपालीलाइ सहयोग गर्दै आएको स्मरण समेत गराएको छ।
Press Release on comments about India by Shri Satya Narayan Mandal pic.twitter.com/kg6bYnqjhe
— Embassy of India KTM (@IndiaInNepal) November 3, 2015
एमालेको सोमबार नै बसेको स्थायी समिति बैठकले अप्रत्यक्ष रुपमा भारतलाई आरोप लगाउँदै मधेश आन्दोलनमा बाह्य नागरिकको सलग्नताले गम्भीर सवाल खडा भएको बताएको थियो। सोमबार नै बिरगञ्जमा भएको प्रदर्शनका क्रममा एक भारतीयको प्रहरीको गोली लागि ज्यान गएको थियो।भारत र नेताको अभिव्यक्ती
भारतले नाकाबन्दी लगाएपछि सुशील कोइराला नेतृत्वको सरकारले त्यसलाई नाकाबन्दी शब्द प्रयोग नगरी सीमामा भएको अवरोध भनेको थियो। तर प्रधानमन्त्री बनेपछि संसदको सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट शब्दमा भारतले अघोषित नाकाबन्दी लगाएको बताएका थिए। प्रधानमन्त्री बन्नु अघि समेत ओलीले नाकाबन्दी उच्चारण समेत गर्न नहुने अवस्था सिर्जना गरिएको बताएका थिए।४ असोजबाट भारतले नाकाबन्दी लगाएपछि असोज ११ गते उद्योगी व्यवसायीसँगको भेटमा ‘नाकाबन्दी गर्न त भएन नि भनेर भन्दा – अँ हामीसँग बोल्ने? ए हाम्रो विरुद्ध बोल्ने? टिप्पणी गर्ने’ भन्ने गरेको सुनाएका थिए।