PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमाले स्थायी कमिटी बैठक : आन्दोलनमा बाह्य नागरिकको संलग्नता गम्भीर सवाल



काठमाडौँ : नेकपा (एमाले) को आजको स्थायी कमिटीको बैठकले तराई मधेसका आन्दोलनमा बाह्य मुलुकका नागरिकको संलग्नता हुनु गम्भीर विषय भएको ठहर गरेको छ । 

समसामयिक विषय र सरकार विस्तारबारे आज पार्टीको केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको बैठकले आज वीरगन्जमा भएको भडप र एक भारतीय नागरिकको मृत्युलाई दुःखद् भन्दै आन्दोलनमा बाह्य नागरिकको संलग्नताले समस्यालाई थप जटिल बनाउने निष्कर्ष निकालेको एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । 

नाका खुलाउने प्रहरीको प्रयासपछि चर्किएको आन्दोलनका क्रममा आज पर्सामा एक भारतीय नागरिकको मुत्यु भएको थियो । 

मन्त्रिपरिषद् विस्तारको कार्यसूचीमा पुनः मङ्गलबार छलफल गर्ने गरी आज बैठक सकिएको छ । बैठकले राष्ट्रपतिमा पार्टीका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी विजयी भएकामा बधाई दिएको छ । 

यस्तै अनेक प्रतिकूलताका बीच जारी भएको नयाँ संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि सबै पार्टीसँग सहकार्य गरी अघि बढ्नुपर्ने ठहर एमालेले गरेको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell