PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'मधेसमा दुई प्रदेशको मागमा सरकार सकारात्मक'



'मधेसमा दुई प्रदेशको मागमा सरकार सकारात्मक'

  • रमेश वाग्ले/पहिलोपोस्ट-
काठमाडौं : सरकारी वार्ता टोली र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता थप गृहकार्य गरी पुनः बस्नेगरी सकिएको छ।

संघीय समाजवादी फोरमको तीनकुनैस्थित कार्यालयमा भएको वार्ता संविधान संशोधनका बुँदामा सहमति बनाउन थप गृहकार्य गर्ने आन्तरिक समझदारीसहित सकिएको हो।

सरकारी वार्ता टोलीका संयोजक उपप्रधानमन्त्री कमल थापाले आन्दोलनरत पक्षको माग सरकारले 'रिकग्नाइज' गरेको बताए। 'हामीले उहाँहरुका माग सम्बोधनका लागि मार्गचित्र प्रस्तुत गरेका छौँ। हामी सकारात्मक छौँ', थापाले भने, 'संविधान संशोधनका लागि कांग्रेस सहितका शक्तिसँग छलफल अघि बढाउने र दुबै पक्ष थप लचक भएर वार्तामा बस्ने समझदारी भयो।'  

मधेसी मोर्चाको वार्ता टोलीका सदस्य लालबाबु राउतले सरकार आफ्ना मागमा सकारात्मक भएको पाएको प्रतिक्रिया दिए। 'मधेसमा दुई प्रदेशमा सरकार सकारात्मक देखिएको छ। सीमाकंनमा थप गृहकार्य गरी बस्छौँ।'

सरकारका मन्त्री रामजनम चौधरीले थप गृहकार्य गरी राजनीतिक सहमतिबाटै सीमाकंनलाई निकास दिने गरी वार्ता सकिएको जानकारी दिए।
नेताहरुबीच शीर्ष तहमा छलफल गरी केही दिनमा वार्तामा बस्ने आन्तरिक सहमति बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell