PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

केरुङ गएका १२ ट्यांकर पेट्रोल लिएर फर्किए, सोमबार काठमाडौं पुर्‍याउने



केरुङ गएका १२ ट्यांकर पेट्रोल लिएर फर्किए, सोमबार काठमाडौं पुर्‍याउने

  • सविन मिश्र/मनोज सत्याल -
धुन्चे : पहिलो चरणमा तेल लिन केरुङ गएका सबै ट्यांकर नेपाल फर्किएका छन्। केरुङ गएका नौ वटा ट्यांकर आइतबार अपरान्ह रसुवागढी आइपुगेका हुन्। १२ मध्ये तीन वटा ट्यांकर शनिबार राति नै नेपाल फर्किएका थिए। 

पेट्रोल लिएर नौ वटा ट्यांकर रसुवागढी भन्सार नाबाबाट नेपाल प्रवेश गरेको जानकारी भन्सार नाकाका अधिकारीले दिएका छन्। नेपालको भन्सारमा प्रक्रिया सकेर यी ट्यांकर स्याफ्रुबेसीतर्फ लागेका हुन्। 

यी नौ वटा ट्यांकरले ५१ टन पेट्रोल बोकेका छन्। शनिबार तीन् वटा ट्यांकरले २८ हजार लिटर पेट्रोल ल्याएका थिए। यी १२ वटै ट्यांकर सोमबार काठमाडौं पुग्नेछन्। 

भन्सार क्लियरिङको काम सकिएले ट्यांकर धुन्चेसम्म आइपुग्न सक्ने जानकारी ढुवानीकर्ताले जनाएका छन्। राती धुन्चे आए सोमबार विहान यी ट्यांकर काठमाडौंतर्फ लाग्नेछन्। 

काठमाडौंबाट केरुङका लागि छुटेका थप चार वटा ट्यांकर बेलुकासम्म रसुवाको टिमुरे पुग्ने योजनामा छन्। यी चार वटा ट्यांकर पनि सोमबार केरुङ पुगेर पेट्रोल भर्ने र नेपाल फर्कने योजनामा छन्। 

भारतले अघोषित नाकाबन्दी गरेर पेट्रोलियम पदार्थ कटौति गरेपछि नेपालले चीनबाट आयात गर्ने प्रक्रिया थालेको हो। चीनले नेपालालाई एक हजार मेट्रिक टन पेट्रोल अनुदानमा दिएको हो। यही पेट्रोल अहिले आयात गरिँदैछ।

नेपाल र चीनबीच पेट्रोलियम आयातको समझदारीपत्रमा हस्ताक्षर भएपनि व्यापारिक सम्झौता भने भएको छैन। अबको दुई हप्ताभित्रमा नै सम्झौता हुने चीनका लागि नेपाली राजदूत डा महेशमान मास्केले जानकारी दिए।

यो सम्झौताका लागि चिनियाँ कम्पनी पेट्रो चाइनाका अधिकारी काठमाडौं आउनेछन्। समझदारीपत्रमा नेपालले खपत गर्ने कूल पेट्रोलियमको एक तिहाई पेट्रोलियम चीनबाट ल्याउने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell