PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

पहिलोपटक चीनबाट तीन ट्यांकर पेट्रोल नेपाल भित्रियो



 पहिलोपटक चीनबाट तीन ट्यांकर पेट्रोल नेपाल भित्रियो
फाइल फोटो

  • सविन मिश्र/मनोज सत्याल-
रसुवागढी : चीनले अनुदानमा दिएकफ पेट्रोल लिन गएका ३ वटा नेपाली ट्यांकर रसुवाको टिमुरेमा आइपुगेका छन् । दिउँसो तेल लिन चीनको केरुङ पुगेका ती ट्यांकर शनिबार राति ९:४५ बजे रसुवागढी भन्सार पार गरेका हुन् ।

'पौने १० बजे ट्यांकर नेपाल प्रवेश गरेका छन्, ती ट्यांकरलाई सीमा प्रहरी कार्यालय टिमुरेमा नै राख्ने व्यवस्था मिलाइएको छ,' जिल्ला प्रहरी कार्यालय रसुवका डिएसपी अवदेश विष्टले भने, '२७ हजार लिटर पेट्रोल बोकेर ती ट्यांकर आएका छन् ।'

१२ हजार लिटर क्षमताका ट्यांकर पेट्रोल लिन चीन गएको भएपनि बाटोको अवस्थाका कारण क्षमता भन्दा ३ हजार लिटर कम पेट्रोल ल्याइएको चीन पुगेका चालक ज्ञानबहादुर तामाङले बताए ।

'पहिलो चोटी गएर आएका छौं,' निकै उत्साही देखिएका तामाङले भने, 'बाटो राम्रो हुने हो भने वीरगञ्जजस्तै गरी यताबाट पनि तेल काठमाडौं लैजान सक्छौं ।'

भारतले नाकाबन्दी लगाएपछि नेपालले पेट्रोलियम पदार्थ भित्र्याउन नयाँ बाटोको खोजी गर्ने क्रममा चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने निर्णय गरेको थियो । नेपाल र चीनबीचको पेट्रोलियम आपूर्ति सम्बन्धि समझदारी भएपछि चीनले अनुदानमा दिएको पेट्रोल नेपाल ल्याइएको हो ।


शनिबार दिउँसो २ बजे चीन प्रवेश गरेका नेपाली ट्यांकर अबेर राति मात्रै नेपाल फर्किएका थिए । ती ट्यांकरलाई सुरक्षाका कारण प्रहरी कार्यालय अगाडि राखिएको छ । 

आइतबार विहान यी ट्यांकर काठमाडौंका लागि छुट्नेछन् । शुक्रबार काठमाडौैंबाट चीनका लागि १२ ट्यांकर हिँडेपनि चीनले आइतबार ३ वटालाई मात्रै प्रवेशको अनुमति दिएको थियो । बाँकी ९ वटा ट्यांकर आइतबार विहान चीन जानेछन् ।

पहिलो चरणमा चीन पुगेका यी ट्यांकर काठमाडौं पुगेपछि नेपाल आयल निगमले बाँकी ट्यांकर काठमाडौंबाट चीनका लागि छुट्नेछन । निगमले सहयोगस्वरुप प्राप्त तेल काठमाडौं पुगेपछि व्यवसायिक सम्झौता गरी नेपालको मागको ३० प्रतिशत तेल चीनबाट ल्याइने जनाएको छ । 

शनिबार स्थलमार्ग हुँदै चीनबाट नेपाल प्रवेश गरेका चीनका लागि नेपाली राजदूत डा महेशमान मास्केले पनि नेपालले पेट्रोलियम आयातमा नयाँ आयाम सुरु गरेको बताएका थिए । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell