PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मतदानअगाडि प्रमले भने, ​'इमान्दारितामा दरिद्रता नदेखाउनुस्, धोका नदिनुस्'



मतदानअगाडि प्रमले भने, ​'इमान्दारितामा दरिद्रता नदेखाउनुस्, धोका नदिनुस्'

काठमाडौँ : सत्तारुढ गठबन्धनले मतदानअघि बैठक डाकेर उपराष्ट्रपतिका उम्मेद्वार नन्दबहादुर पुनलाई भोट हाल्न ह्वीप जारी गरेको छ। बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूले ह्वीप जारी गरिसकेको भन्दै इमान्दारितामा दरिद्रता नदेखाउन आह्वान गरे।
 
उपराष्ट्रपतिको उम्मेदवार पुनबारे गठबन्धनभित्रै एकमत नभएको चर्चा चलेको बेला प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन्।

‘सत्तारुढ दलको नेताको हैसियतमा मैले ह्विप जारी गरेको छु। त्यसैले कसैले पनि अन्यत्र मतदान गर्ने काम गर्नुहुने छैन’ प्रधानमन्त्री ओलीले भने, ‘इमान्दारितामा दरिद्रता नदेखाउन आह्वान गर्दछु।’ उनले सत्तारुढ दलका गठबन्धनका तर्फबाट निर्णय नैं भएका कारण अहिले धोका दिन नहुने बताए। 

एमाले प्रमुख सचेतकसमेत रहेका कानुन मन्त्री अग्निप्रसाद खरेलले मत रद्द नहुने अवस्था बनाउन आग्रह गरे। ‘राष्ट्रपति चुनावमा आठ मत बदर भएका थिए, हाम्रो तर्फबाट मत एउटा पनि रद्द नहुन्’ कानुन मन्त्री खरेलले भने, ‘अर्को पक्षका मत रद्द भएका हुन् भने त्यो दर बढेर जाओस्।’

उपराष्ट्रपति उम्मेद्वारको योग्यताको चर्चा

सत्तारुढ दलको बैठकमा एमाओवादी नेता हितराज पाण्डेले उपराष्ट्रपतिका उम्मेद्वार नन्दबहादुर पुनको योग्यताका विषयमा चर्चा गरेका थिए। उनले योग्यता चर्चा गर्ने क्रममा बाँकेको महेन्द्र बहुमुखी क्याम्पसमा आईए पढेको, बम तथा बन्दुक बनाउन र चलाउन कुशल दक्षता भएको, भलिबल खेलमा रुचि भएको बताएका थिए।

उनले उम्मेद्वार पुनले अछामको मंगलसेनसहित विभिन्न जिल्लामा सफलतापूर्वक आक्रमण गरेको पनि बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell