PahiloPost

Mar 15, 2026 | १ चैत्र २०८२

​पूर्व गृह राज्यमन्त्री कँडेलमाथि गोली हान्न खोज्ने दुई भारतीय पक्राउ



​पूर्व गृह राज्यमन्त्री कँडेलमाथि गोली हान्न खोज्ने दुई भारतीय पक्राउ
फोटो : कँडेलको फेसबुकबाट

  • पहिलोपोस्ट-
नवलपरासी : पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलमाथि गोली प्रहार गर्न खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काम विशेषले जिल्लाकै बडहरा दुवौलिया–३ ललितपुर गएका बेला उनीमाथि गोली प्रहार गर्न खोज्ने दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत महाराजगञ्ज ठुटीवारीका ४२ बर्षीय उज्वल बर्तौला र भारत राजावारी बस्ने ४२ बर्षीय योगेन्द्र पटनवार रहेका छन्। 

युपी ५३ ए ९८५६ नम्बरको भारतीय नम्बरको मोटरसाइकलमा आएका उनीहरुले कँडेललाई ६ राउण्ड लोड भएको रिभल्वरबाट गोली प्रहार गर्न खोजेका थिए। स्थानीयवासीको सहयोगमा अंगरक्षक प्रहरी नायव निरीक्षक दीपक घिमिरेले हतियार खोसी दुवैजनालाई नियन्त्रणमा लिएका थिए।

उनीहरुले प्रयोग गरेको मोटरसाइकल स्थानीयवासीले आगजनी गरेर क्षति बनाएका छन्। यस सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। पूर्व गृह राज्यमन्त्री कँडेल नेपाली कांग्रेस नवलपरासीका सभापति छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell