PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गोपालको राष्ट्रपति बन्ने रहर ! समर्थक र प्रस्तावक खोज्दै थिए, भेटेनन्



  • मनोज सत्याल –
काठमाडौं : 'मलाई राष्ट्रपति बन्न मन छ। मैले उम्मेदवार हुन पाउँछु कि पाउँदिन?'

इटहरीका गोपालप्रसाद नेपालको प्रश्नले संसदमा राष्ट्रपतिको हुँदै गरेको निर्वाचन प्रकृयामा संलग्न रहेकाहरु अलमल्ल परे। पत्रकारको ध्यान उनीतिरै खिचियो। आफूलाई कानुनको विद्यार्थी भएको भन्दै राष्ट्रपति बन्ने रहर बोकेर आएका ४५ वर्षजति उमेरका यिनलाई चिन्नेहरु यहाँ थिएनन्। उनले राष्ट्रपतिका लागि मनोनयनको फारम बुझेर लिए पनि।  

मुलुकको सर्वोच्च पद राष्ट्रपतिका लागि आज निर्वाचन प्रकृया अन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ। ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेसँग सानो दल नेपाल मजदूर किसान पार्टीले पनि राष्ट्रपति पदका लागि उम्मेदवारी दिएको छ। राष्ट्रपति पदमा तीन जनाको भिडन्त हुने तयारी भइरहँदा निर्वाचन ४ जनाबीच हुने त होइन ? शंका पैदा भयो।

मनोनयन पत्र लिए पनि नेपाललाई आफू राष्ट्रपति हुन पाउने कि नपाउने थाहा रहेनछ। उनले संसदका महासचिव मनोहर भट्टराईलाई सोधे, 'म उम्मेदवार बन्न पाउँछु कि पाउँदिन?'

त्यसपछि संसद सचिवालयका सचिव मुकुन्द शर्माले उनलाई संविधानमा रहेको व्यवस्था सुनाए। संविधानले नेपाललाई राष्ट्रपति पदमा भिड्न बन्देज गरेको छैन। संविधानमा रहेको व्यवस्था सुनाउँदै शर्माले उनलाई सुझाए, 'राष्ट्रपति निर्वाचनमा भाग लिन एकजना समर्थक र एकजना प्रस्तावक चाहिन्छ। समर्थक र प्रस्तावक सांसद हुनुपर्छ।' शर्माले दुई सांसदसहित उम्मेदवारी दर्ताका लागि आउन भनेपछि उनी त्यहाँबाट बाहिरिए।

बाहिरिँदै गर्दा उनले भने, 'प्रस्तावक र समर्थक भेटेँ भने म आउँछु।'

तर अन्तिम समय दिउँसो १ बजेसम्म उनको प्रस्ताव दर्ता भएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell