PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राष्ट्रपतिमा हाम्रो उम्मेदवार उठाउछौँ, सबैले समर्थन गरिदिनुस् : एमालेको निर्णय



राष्ट्रपतिमा हाम्रो उम्मेदवार उठाउछौँ, सबैले समर्थन गरिदिनुस् : एमालेको निर्णय

  • पहिलोपोस्ट -
काठमाडौँ : सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेको प्रधानमन्त्री निवास बालुवाटारमा राति अबेरसम्म बसेको बैठकले राष्ट्रपति पदमा आफ्नै उम्मेदवार उठाई सबै दललाई समर्थन गर्न आग्रह गर्ने निर्णय गरेको छ। 

'राष्ट्रपतिको निर्वाचनसमेत सहमतिको आधारमा हुनुपर्नेमा बैठकको जोड रहेको छ', बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, 'सहमतिको प्रक्रियाबाट नै राष्ट्रपति निर्वाचनको निम्ति नेकपा (एमाले)ले आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको छ। नेकपा (एमाले)ले प्रस्तुत गर्ने राष्ट्रपतिको उम्मेदवारलाई सहयोग गर्न सम्पूर्ण राजनीतिक दल र व्यवस्थापिका संसदका मान्य सदस्य ज्यूहरुलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ।' 

बैठकले राष्ट्रिय सहमतिको यात्रामा सँगसँगै अघि बढ्न नेपाली कांग्रेस लगायत सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय पनि गरेको छ। 

दक्षिणी सिमानामा भारतले गरेको आघोषित नाकाबन्दीको कारण उत्पन्न असहज परिस्थीतिको बारेमा बैठकमा गम्भीरताको साथ छलफल भयो। बैठकले मुलुकको जनजीवनलाई सहज बनाउनका लागि बहुपक्षीय विकल्पको निम्ती ठोस ढंगले प्रयत्न गर्न र छिटोभन्दा छिटो भन्दा आपूर्ति व्यवस्थालाई सहज बनाउन र यसका लागि हरसम्भव उपाय अपनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell