PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राष्ट्रपतिमा उम्मेदवारी हेरेर उपराष्ट्रपतिबारे एमामाओवादीले निर्णय गर्ने



राष्ट्रपतिमा उम्मेदवारी हेरेर उपराष्ट्रपतिबारे एमामाओवादीले निर्णय गर्ने
फाइल फोटो

काठमाडौँ : सरकारको एक प्रमुख घटक एकीकृत नेकपा (माओवादी) ले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उपराष्ट्रपति पदमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ। 

सो पार्टीको आज बसेको स्थायी समिति बैठकले उपराष्ट्रपति पदमा उम्मेदवार उठाउने भए पनि व्यक्तिको सन्दर्भमा टुङ्गो लगाइसकेको छैन। 

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उम्मेदवार कसलाई बनाउने भन्ने टुङ्गो लागिनसकेको र राष्ट्रपतिको उम्मेदवारीको अवस्था हेरेर निर्णय हुने राससलाई जानकारी दिए। 

“राष्ट्रपति पदमा कुन पार्टीको कुन व्यक्ति, कुन वर्ग र लिङ्गको उम्मेदवारी पर्छ, त्यसपछि पार्टीले उपराष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भनेर निर्णय गर्छ”– उनले भने। 

पार्टीका नेता नन्दकिशोर पुनलाई उपराष्ट्रपति पदको उम्मेदवारका रुपमा उठाउने चर्चा एमाओवादी भित्र चलेपनि सोको टुङ्गो लागिसकेको छैन।  

पार्टीले जातीय सन्तुलनका हिसाबले उम्मेदवार उठाउने पनि बताइएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell