PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

कांग्रेसको राष्ट्रपतिमा दावेदारी कायमै, संविधान संशोधन अघि बढाउन आग्रह



कांग्रेसको राष्ट्रपतिमा दावेदारी कायमै, संविधान संशोधन अघि बढाउन आग्रह

काठमाडौं : नेपाली कांग्रेस राष्ट्रपति र उपराष्ट्रपति पदका विषयमा अन्य राजनीतिक दलहरुसँग छलफल गरी सहमतिको प्रयास गर्ने जनाएको छ। त्यसपछिमात्रै उम्मेदवारी दर्ता गर्ने र सहमति नजुटे पनि आफ्नो तर्फबाट उम्मेदवारी भने दिने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। कांग्रेस नेता दिलेन्द्र बडूले सभामुख पदमा कांग्रेसले उम्मेदवारी नदिएर सहकार्यको थालनी गरिसकेको जनाउँदै बैठकले राष्ट्रपतिमा कांग्रेसको दावेदारी रहने बताए।

उनले कांग्रेस सत्तामा रहँदा संविधान संशोधनमा गरेको प्रस्ताव अनुसार अघि बढ्न समेत आग्रह गर्ने निर्णय गरेको छ। साथै भारतले गरेको अघोषित नाकाबन्दीलाई पनि छिटो सुल्ट्याउन कुटनीतिक प्रयास थाल्न सरकारलाई अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell