PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आफ्नै सहकर्मीको टाउको रक्सीको बोतलले हानेर मार्ने नेपालीलाई १० वर्ष जेल



दुबई : परिवारिक सम्बन्ध भएका महिलालाई दुर्वचन गरेको आरोपमा आफ्ना सहकर्मीलाई मार्ने नेपाली युवकलाई १० वर्षे जेल सजाय सुनाइएको छ। घटनाबारे गल्फ टुडेले समाचार दिएको भए पनि मारिएका र जेल परेका दुवैको पूरा नाम भने उल्लेख गरेको छैन।

वेरोजगार २६ वर्षका रहेका एलटी (समाचारमा उल्लेख भएको नाम) ले उनका सहकर्मीलाई रक्सीको बोतलले हानेका थिए। जेल सजाय पूरा भएपछि उनलाई डिपोर्ट गर्न क्रिमिनल कोर्टले आदेश दिएको हो।

गत वर्ष सेप्टेम्बर २४ मा यस्तो घटना भएको थियो। अल कुवाजको पार्किङ लटमा ट्रकमुनि सुत्दै आएका उनीहरुबीच रक्सी खाएको समय झगडा परेको थियो। आरएस (समाचारमा उल्लेख भएको नाम) लाई टाउकोमा बोतलले हानेपछि नमरुन्जेल उसको टाउँको बालुवामा गाडिएको थियो।
अदालतमा एलटीले आफ्ना आमा र बहिनीमाथि जथाभावी भनेपछि थप्पड हानेको र माफी मागेको बताएका थिए। त्यसपछि उनीहरु दुवैले रक्सी पिए र नशाको झोकमा के भयो एलटीले थाहा नभएको बताए।

प्रहरीका अनुसार उनीहरुले बिहानैदेखि दिउँसो २ बजेसम्म रक्सी पिएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell