PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

साउदीमा नेपालीले मनाउँदै दसैं



साउदी : दसैंको अवसरमा साउदी अरेवियामा अक्टोबर २३ मा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। साउदीमा रहेको सगरमाथा ग्रुपले दसैंको शुभकामना तथा सांस्कृतिक कार्यक्रम गर्न लागेको हो। कार्यक्रम रियादमा हुँदैछ। साउदीमा रहेका लोक गायक रविन सुब्बा, सुमन थापा, मिलन सिंह लगायतका कलाकारले कार्यक्रममा विशेष प्रस्तुती दिनेछन्।

त्यसैगरी सिर्जना कल्चरल ग्रुपले पनि कार्यक्रम प्रस्तत गर्नेछ।

सगरमाथा ग्रुपका संयोजक परसुराम मिश्रले साउदीमा रहेका नेपालीबीच दसैं मनाउनका लागि यस्तो कार्यक्रम हुन लागेको बताए। यहाँ रहेका नेपालीलाई एकै ठाउँमा भेला गराउने उद्देश्यसमेत कार्यक्रममा लिइएको छ।  

कार्यक्रममा यहाँ रहेका नेपालीहरु सहभागी हुने बताइएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell