PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

​भारतले फेरि भन्यो- घोषित,अघोषित नाकाबन्दी छैन



​भारतले फेरि भन्यो- घोषित,अघोषित नाकाबन्दी छैन

काठमाडौँ :  प्रधानमन्त्री केपी ओलीले बिहीबार संसदमा सम्बोधन गर्ने क्रममा भारतले अघोषित नाकाबन्दी लगाएको बताएका थिए। भारतीय विदेश मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनका क्रममा प्रवक्ता विकास स्वरुपलाई प्रश्न सोधियो-  नेपालका प्रधानमन्त्रीले त संसदमा सम्बोधन गर्दै अघोषित नाकाबन्दी भन्नुभयो। के छ स्थिति यो अघोषित नाकाबन्दीको?

उनले भने, भारतले पहिलेदेखि नै भन्दै आएको छ, यो न घोषित नाकाबन्दी हो न अघोषित। अवरोधहरु सीमाको नेपाली भागतिर भइरहेका छन्। अवरोध अलि कम हुँदा हामीले आपूर्ति गरिरहेका छौँ। मालवाहक सामान ढुवानी गर्न सक्ने नौ वटा नाका मध्ये पाँचदेखि छ वटा नाका निरन्तर चलिरहेका छन्। यसैले पनि नाकाबन्दी भएको छ भन्ने सिद्धान्तलाई खारेज गर्छ। विगत २४ घण्टामा खुला भएका सात नाकाबाट ७३३ व्यवसायिक वाहन पार भएका छन्।

प्रवक्ताले रकसौल वीरगञ्ज नाकामा सयौँ नेपाली प्रदर्शनकारी ज्मा भएकोले २५ सय ट्रकहरु पार हुन नसकेको बताए। उनले बिहीबार तराई अशान्त भएको ६२ औँ दिन र सीमामा अवरोध भएको २१ औँ दिन भएको बताए।
 
पत्रकार सम्मेलनको सुरुमा उनले नेपालका उपप्रधानमन्त्री तथा विदेश मन्त्री कमल थापाले शनिबारदेखि भारतको तीन दिन भ्रमण गर्ने घोषणा गरे। यसलाई उनले महत्त्वपूर्ण घोषणा भन्दै भ्रमणका क्रममा थापाले विदेश मन्त्री र विदेश सचिवसँग भेट गर्ने बताए। हेर्नुस् भिडियो-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell