PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कुन खेल कति डलरमा मिलेमतो गरिएको थियो? प्रहरी अनुसन्धानमा यसरी खुल्यो विवरण



कुन खेल कति डलरमा मिलेमतो गरिएको थियो? प्रहरी अनुसन्धानमा यसरी खुल्यो विवरण

  • पहिलोपोस्ट-
काठमाडौँ : नेपाल प्रहरीले विभिन्न अन्तर्राष्ट्रिय खेलमा भएको मिलेमतो गरिएको अनुसन्धानबाट खुलेको बताएको छ। आज जारी विज्ञप्तिमा प्रहरीले दिएको जानकारी यस्तो छ-
  • सन् २००८ मा मर्डेका कपमा अफगानिस्तानसँग २–२ गोलको बराबरी खेल खेल्ने सर्तमा प्रति खेलाडीले ५ हजार अमेरिकी डलर  लिएको खुल्न आएको ।
  • सन् २००९ को साफ च्याम्पियनसिपमा अमेरिकी डलर ३०६१ लिई दामासाहीमा बाँडी लिएको।
  • सन् २०११ मा मलेसियासँगको मैत्रिपुर्ण खेलमा २–० ले खेल हार्ने सर्तमा प्रति खेलाडी अमेरिकी डलर ५ हजार लिएको।
  • सन् २०११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेलमा ४–० ले हार्ने सर्तमा प्रति खेलाडीले अमेरिकी डलर ५ हजार लिएको। 
  • सन् २०१२ मा भारतमा भएको नेहरु कप अन्तर्गत क्यामरुनसँग ४–० ले हार्ने सर्तमा प्रति खेलाडी  अमेरिकी डलर ५ हजार लिने गरी सर्त भएकोमा खेलको अन्त तर गोलकिपर रितेश थापाको ठाउँमा खेलाडी परिवर्तन हुँदा ५–० गोलले हारेकोले रकम नपाएको।
  • सन् २०१४ मा कोरियामा भएको यु २३  एसियन च्‍याम्पियनसिप गेममा खेल हार्ने सर्तमा निजहरु प्रति खेलाडीेले अमेरिकी डलर ५ हजार लिएको।

नेपाली राष्ट्रिय फुटवल टिमका पूर्व खेलाडीहरु अन्जन के.सी., विकास सिंह क्षेत्री, तथा नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडी रितेश थापा, क्याप्टेन सागर थापा र खेलाडी सन्दिप राईलाई पक्राउ गरि राज्य बिरुद्धको अपराध अन्तर्गत अनुसन्धान कारवाहीको लागि असोज २८ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीले बताएको छ।

Western Union Money Transfer, Cyber Money समेतबाट नेपाली राष्ट्रिय फुटवल टिमका खेलाडी रितेश थापा र पूर्व राष्ट्रिय खेलाडी अन्जन के.सी.ले नेपाली राष्ट्रिय फुटवल टिमको अन्तराष्ट्रिय खेलहरु भएको समयमा विभिन्न देशहरुबाट रकम प्राप्त गरेको अनुसन्धानबाट खुलेको छ। 

म्याच फिक्सिङ गरी खेल हारे वापतमा रकम दिने तथा विभिन्न माध्यमबाट नेपालमा रकम पठाउने व्यक्ति सिंगापुरको नागरिक Willson Raj, Woodland; Singapore का Titani Periasamy, Lot 68 Ladang Bahau of No 10 Taman Permata sf Kesavan Pattan समेतका एजेन्टबाट अन्जन के.सी. रितेश थापा समेतले विभिन्न देशहरुबाट मनी ट्रान्सफर, साइबर मनी ट्रान्सफरमार्फत‍् आएको रकम लिने गरेको अनुसन्धानबाट खुलेको छ।

Willson Raj नेपाल आउँदा सागर थापाले दरवारमार्गको एक रेष्टुरेण्टमा भेटी कुराकानी समेत गरेको  खुलेको छ। 

अन्जन के.सी. पुर्व खेलाडी भए तापनि विना हैसियत विभिन्न अन्तराष्ट्रिय फुटवल खेलहरुमा जस्तै फिलिपिन्स र दिल्लीमा भएको प्रतियोगितामा स्वयम आफैं उपस्थित भई खेलाडीहरुलाई प्रभावित पार्ने गरेको पनि अनुसन्धानबाट खुलेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell