PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नयाँ सरकारको पहिलो निर्णय – आन्दोलनरत मधेशी दललाई वार्ता आह्वान



नयाँ सरकारको पहिलो निर्णय – आन्दोलनरत मधेशी दललाई वार्ता आह्वान

  • पहिलोपोस्ट-
काठमाडौँ : मन्त्रिपरिषद्को बैठकले तराई मधेशमा आन्दोलनरत मधेश केन्द्रित दलहरुलाई वार्तामा आउन आव्हान गरेको छ। प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले वार्ताका लागि आन्दोलनरत दलहरुलाई आह्वान गरेको हो। 

सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको पहिलो बैठकले करिब दुई महिनादेखि आन्दोलनरत दलहरुलाई वार्तामा बोलाएको हो। बैठकपछि कानुन मन्त्री एवम् सरकारका प्रवक्ता अग्नि खरेलले वार्ताका लागि आव्हान गरिएको जानकारी दिए। तर यसअघीको तीन दलिय वार्ता टोलीको निरन्तरताका विषयमा भने खरेलले स्पष्ट गरेनन्। 

सुशील कोइराला सरकारले वार्ताका लागि तत्कालिन वन मन्त्री महेश आचार्य, वर्तमान कानुन मन्त्री अग्नि खरेल र एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भएको वार्ता टोली गठन गरेको थियो। 

त्यस्तै बैठकले सरकारको प्रवक्तामा अग्नि खरेललाई तोकेको छ। साथै खरेललाई मन्त्रिपरिषद्ले कानुन मन्त्रालयको जिम्मेवारी तोकेको छ।

यसअघि प्रधानमन्त्री ओलीले देशभर तुइन विस्थापित गर्दै झोलुंगे पुल बनाउने फाइल सदर गरेका थिए। मुख्य सचिव सोमलाल सुवेदीले पदभार ग्रहणको क्रममा सो फाइल सदरका लागि प्रधानमन्त्री ओली समक्ष पेश गरेका थिए। 

मन्त्रीहरुको जिम्मेवारी तोकियो

कमल थापा – उपप्रधान तथा परराष्ट्र
विजयकुमार गच्छदार – उपप्रधान तथा भौतिक योजना
अग्नि खरेल – कानुन, न्याय तथा संसदीय मामिला, सरकारको प्रवक्ता
हरिबोल गजुरेल – कृषि मन्त्रालय
सोमप्रसाद पाण्डे – उद्योग मन्त्री
सत्यनारायण मण्डल – टुङ्गो लाग्न बाँकी
रामकुमार सुब्बा – टुङ्गो लाग्न बाँकी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell