PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

कांग्रेस सांसदले भने : कोइरालाले उम्मेदवारी दिनु ठूलो भूल



कांग्रेस सांसदले भने : कोइरालाले उम्मेदवारी दिनु ठूलो भूल

  • पहिलोपोस्ट-
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिनु इतिहासकै ठूलो भूल भएको बताएका छन्।

आज फेसबुकमा स्टाटस लेख्दै उनले कोइरालालाई उम्मेदवारी दिन दिइएको सल्लाह गलत भएको बताएका छन्।

उनले फेसबुकमा लेखेका छन् 'प्रधानमन्त्री पदको उम्मेदवारको लागि नेता सुशील कोइराला र केपी ओलीले नामाड्कन गरेका छन्। तर जो जे भएपनि सुशील कोइरालाको नामाड्कन मेरो विचारमा इतिहासको सबै भन्दा ठूलो भूल हुनेछ। जसले उहाँलाई सल्लाह दिए त्यो सल्लाह तिनीहरुको थिएन। मेरो विचारमा घेरै प्रतिक्रिया आउन सक्दछ। तर भोलि इतिहासले प्रमाणित गर्नेछ।'
 
 

प्रधानमन्त्री पदकों उमेध्दारको लागी नेता सुशील कोइराला र के पी वली ले नामाड.कन गरेका छन । तर जो जे भए पनी सुशील कोइरालाक...

Posted by Chandra Bhandari on Saturday, October 10, 2015
उनले कोइरालालाई अदृश्य शक्तिको दबाबमा उम्मेदवारी दिएको हुनसक्ने तर्फ संकेत गरेका छन्।  भण्डारी गुल्मीबाट निर्वाचित सांसद हुन्।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले सरकारको नेतृत्वको विषयमा आधिकारिक निर्णय गर्न नसकेपछि यो जिम्मा सभापति कोइराला वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई दिएको थियो।

तीन जनाको बैठकले कोइरालालाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो। कोइरालाको उम्मेदवारीप्रति विरोध जनाउँदै सहमहामन्त्री पूर्णबहादुर खड्काले राजीनामा दिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell