PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​ओलीलाई सघाउने निर्णयको एमाओवादीभित्रै विरोध



​ओलीलाई सघाउने निर्णयको एमाओवादीभित्रै विरोध

  • पहिलोपोस्ट-
काठमाडौं : पार्टीले सहमतीय प्रणाली छाडेको भन्दै एकीकृत नेकपा माओवादीका ३० जना केन्द्रीय सदस्यले विमती जनाएका छन्।

देश जटिल र गम्भीर अवस्थामा रहेका बेला सहमतीय सरकारको बाटो छाडेर देशका समस्या समाधानको ठोस र भरपर्दो आधारबिना एमाले नेतृत्वलाई समर्थन गरेको भन्दै देवेन्द्र पौडेल, रामचन्द्र झा, नवराज सुवेदी लगायतका नेताहरुले विमती जनाएका हुन्। 

एकीकृत नेकपा माओवादीको हिजो बसेको स्थायी समितिको बैठकले यसअघि जेठमा प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमति अनुसार प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सघाउने निर्णय गरेको थियो।

आफुहरु पार्टीको विरोधमा रहेपनि संसदमा हुने मतदानमा के गर्ने भन्ने विषयमा सल्लाह गरिरहेको निर्णयको विरोधमा रहेका नेता देवेन्द्र पौडेलले बताए। ' यस विषयमा सांसदहरुसँग सल्लाह गर्दैछौं, त्यसैले अहिले हामीले सांसद प्रभु साहको नाम मात्र राखेका छौं' उनले भने 'सल्लाह गरेर निर्णय गर्नेछौं।'


आज विज्ञप्ती जारी गर्दै उनीहरुले अहलेको जटिल अवस्थामा पार्टीको निर्णयले आफुहरु आश्चर्यचकित भएको भन्दै निर्णयप्रति आफुहरुको समर्थन नरहने उल्लेख गरेका हुन्। यसरी विमती जनाउनेमा धेरैजसो पार्टीका पूर्व वरिष्ठ नेता बाबुराम भट्टराई पक्षधर रहेका छन्।

'देशको विद्यमान परिस्थितिको जिम्मेवारपूर्ण रुपमा हल गर्ने पहलकदमी लिनुको साटो नि:सर्त एमालेलाई समर्थन गर्ने निर्णयले देश झनै दलदलमा फस्ने खतरा रहेको हुँदा हाम्रो जस्तो शान्ति प्रक्रियाको महत्वपूर्ण हिस्सा रहेको जिम्मेवार पार्टीको यस्तो गलत र गैरजिम्मेवार निर्णयप्रति हाम्रो विमती रहेको जानकारी गराउन चाहन्छौं' विज्ञप्तीमा भनिएको छ।

आन्दोलनमा रहेका पक्षहरुलाई वार्तामा ल्याउने वातावरण बनाउन लाग्नुपर्ने, भूकम्पपछिको पुन:निर्माणमा लाग्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने, चाडपर्वहरुको पूर्व सन्ध्यामा उपभोग्य वस्तुहरुको सहज आपूर्तिको पहल गर्नुपर्ने बेलामा सबै एकतावद्ध हुनुपर्ने उनीहरुले बताएका छन्। यस्तो बेलामा देशको परिस्थितिको जिम्मेवारपूर्ण रुपमा हल गर्ने पहलकदमी लिनुको साटो नि:सर्त एमालेलाई समर्थन गर्ने निर्णयले देश झनै दलदलमा फस्ने खतरा रहेको पनि उनीहरुले बताएका छन्।
 

विमती जनाउने केन्द्रीय सदस्यहरुको नामावली हेर्नुस्

१. देवेन्द्र पौडेल
२. रामचन्द्र झां
३. नवराज सुवेदी
४. हिसिला यमी
५. गंगा श्रेष्ठ
६. प्रभु शाह
७. महेन्द्र पासवान
८. रामरिझन यादव
९. खिमलाल देवकोटा
१०. रामकुमार शर्मा
११. कुमार पौडेल
१२. वामदेव श्रेत्री
१३. लिलबहादुर थापा
१४. देवेन्द्र पराजुली
१५. वलावती शर्मा
१६. कल्पना धमला
१७. देवी खड्का
१८. लीला भण्डारी
१९. खगराज भट्ट
२०. कर्णध्वज के.सी.
२१. कृष्ण शर्मा
२२. हेमराज भण्डारी
२३. चीनक कुर्मी
२४. घनश्याम यादव
२५. सुशिला श्रीपाइली
२७. उपेन्द्र प्रसाद शाह
२८. सोनामसिंह स्याङतान
२९.देवराज रेग्मी
३०. राजेन्द्र किराती ‘प्रवेश’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell