PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

झोरको झरनामा झुम्ने हैन त !



झोरको झरनामा झुम्ने हैन त !

अंगद ढकाल/पहिलोपोस्ट-
काठमाडौँ जिल्लाको झोर गाविसमा रहेको झरना अहिले आकर्षणको केन्द्र बनेको छ।  सामाखुशीबाट टोखा हुँदै लगभग १० किलोमिटर अगाडि बढेपछि मूल सडकबाट दुई सय मिटर तल ओर्लिएपछि भेटिन्छ झरना बग्दै गरेको यो रमणीय ठाउँ। 

अहिले यहाँ झरनामा भिज्दै झुमिरहेका युवायुवती यहाँ प्रशस्तै देखिन्छ।   


यहाँ सँधै झरना भने बग्दैन। अबको एक महिनासम्म मात्र यहाँ यति रमाइलोसँग पानी बगिरहेको झरना देख्न पाइन्छ। 


झरनासँगै श्री कृष्ण वरुणेश्वर (वन महादेव) को मन्दिर पनि रहेको छ। 


झोर जाने बाटोबाट देखिएको काठमाडौँ उपत्यकाको दृश्य। 






















झरना भएको ठाउँमा जाँदै। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell