PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​ट्विटेले दिएको पेट्रोल लिन मानेन, भारतीय दुतावासले भन्यो, 'डोनेट टु योर पिपल'



​ट्विटेले दिएको पेट्रोल लिन मानेन, भारतीय दुतावासले भन्यो, 'डोनेट टु योर पिपल'

  • अंगद ढकाल/पहिलोपोस्ट-
काठमाडौँ : सय लिटर डिजेल आवश्यक रहेको भन्दै आयल निगमलाई भारतीय दूतावासले पत्र पठाएपछि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले बुधबार प्रदर्शन गरे। पानीको बोतलमा पेट्रोल र डिजेल बोकेर भारतीय दूतावास अगाडि पुगेका उनीहरुले केहीबेर नाराबाजी समेत गरे।

भारतले लगाएको नाकाबन्दीका कारण देशभर पेट्रोलियम पदार्थको अभाव छ। तर भारतले भने आफूलाई समेत पेट्रोलियम अभाव रहेको देखाउन नेपाल आयल निगमलाई पत्र पठाएको थियो। भारतको पत्रका कारण सामाजिक सञ्जाल ट्विटरमा #DonateOiltoIndianEmbassy विश्वभर ट्रेन्डसमेत भएको थियो।


राजधानीको लैनचौरस्थित भारतीय दुतावास क्षेत्रमा झण्डै डेढ सयको संख्यामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरु पेट्रोलियम पदार्थ दुतावासलाइ सहयोग गर्न भन्दै जम्मा भएका थिए। दुतावासलाई पेट्रोलियम पदार्थ डोनेसन गर्न नपाए पनि उनीहरुले प्रदर्शनमा प्रयोग भएका पम्पलेटहरु भने दुतावासका कर्मचारीलाई बुझाएका थिए।

पम्पलेटहरुलाई खाममा राखेर लेनिन बञ्जाडे र यशोदा बस्नेतले दुतावासका कर्मचारीलाइ दुतावासका पूर्वी गेट पुगेर बुझाएका थिए।  
'हामीलाई प्रहरीले पेट्रोल बोकेर जान पाउँदैनौँ भन्यो, हामीसँग २० वटा बोतलमा पेट्रोल जम्मा भएको थियो', बन्जाडेले पहिलोपोस्टसित भने, 'पहिला त प्रहरीले ब्याक अफ इण्डिया र डोनेट ओइल टू इण्डियन एम्बेसी लेखेको पाम्पलेट नबुझाउन भनेको थियो तर हामीले खाममा राखेर लगेर बुझायौँ।'


बञ्जाडेले आफूहरुसँग भारतीय दुतावासका कर्मचारीले ज्ञापन पत्रबारे चासो राखेको उल्लेख गर्दै भने – गेटमा आएका व्यक्ति निकै हतास देखिन्थे। उनले रिसाएर के हो तपाईँको मेमोरेण्डम भने। हामीले दुतावासलाइ पेट्रोल अभाव छ भन्ने सुनेकाले ट्विटर फेसबुकबाट क्याम्पेनिङ गरेर आएको र आफूहरुसँग कुनै पोलिटिकल अजेण्डा नभएको बतायौँ।

एम्बेसीका कर्मचारीले भने पेट्रोलियम पदार्थ नचाहिएको जवाफ फर्काएको उनले सुनाए। दुतावासका कर्मचारीले 'डोनेट टू योर पिपल' भन्दै जवाफ फर्काएको उनले बताए।

























 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell