PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

पुबुदुद्वारा राजीनामा, अर्को महिनाको लिग च्याम्पियनसिपसम्म नेपाली टोली हेर्ने



पुबुदुद्वारा राजीनामा, अर्को महिनाको लिग च्याम्पियनसिपसम्म नेपाली टोली हेर्ने

काठमाडौँ : कप्तान पारस खड्कालाई हटाइएको समाचारले 'सक' भएका क्रिकेट फ्यानहरुलाई आज अर्को झट्का त्यतिबेला लाग्यो जब उनीहरुले सुने नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन्।

पारसलाई हटाइएको जस्तो यो खबर गलत भने भएन।  


प्रशिक्षक दासानायकेले नेपाल क्रिकेट सङ्घ (क्यान)का कार्यवाहक महासचिव उत्तमकुमार कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका हुन्। 

सन् २०११ देखि नेपाली टोलीका श्रीलङ्काली मूलका क्यानेडाली नागरिक प्रशिक्षक दासानायकले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्। 

उनकै प्रशिक्षणमा नेपालले २०१४ को मार्चमा बङ्गलादेशमा विश्व ट्वान्टी–२० विश्वकप खेलेको थियो। यो क्रिकेटमा मात्र नभएर नेपाली खेलकुदकै अहिलेसम्मकै ठूलो उपलब्धि हो। 

राजीनामा दिए पनि अर्को महिना युएई पपुवा न्युगिनीविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको एक दिवसीय खेलसम्म दासानायकेले नेपाली टोली हेर्ने क्यानले जनाएको छ। राससको सहयोगमा 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell