PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

​कांग्रेस महाधिवेशन फागुन पहिलो हप्ता गर्ने प्रस्ताव



​कांग्रेस महाधिवेशन फागुन पहिलो हप्ता गर्ने प्रस्ताव

काठमाडौं : नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले पार्टीको १३औं महाधिवेशन आगामी फागुनको पहिलो सातामा गर्ने प्रस्ताव गरेको छ। यो प्रस्तावलाई बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले आगामी माघ महिनाभित्र पार्टीको क्षेत्र, जिल्ला र गाउँ अधिवेशन सम्पन्न गर्ने र फागुनमा महाधिवेशन गर्न प्रस्ताव गरेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए। 

कांग्रेसको विधानअनुसार महाधिवेशन गर्ने मिति यही असोज ५ गतेसम्म थप भएकामा नयाँ संविधानले गरेको व्यवस्था अनुसार थप छ महिनाका लागि वर्तमान नेतृत्वको कार्यकाल लम्बिएको हो। 

नयाँ संविधान निर्माणको काममा सबै राजनीतिक दल व्यस्त हुनुपरेकाले पूर्व निर्धारित समयमा महाधिवेशन हुननसकेको कांग्रेसले दावी गरेको छ। 

आजको पदाधिकरी बैठकमा नयाँ सरकार गठन लगायत विषयमा अनौपचारिक विषयमा छलफल भएपनि केन्द्रीय कार्यसमिति बैठकमा यस बारे निर्णय हुनेछ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell