PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

तराईका बैंकमा पैसा नै सकियो, एटिएमहरु पनि बन्द



तराईका बैंकमा पैसा नै सकियो, एटिएमहरु पनि बन्द

  • पहिलोपोस्ट-
काठमाडौं: झन्डै दुई महिनादेखिको बन्दले तराईका बैंक तथा वित्तीय संस्थाहरुमा रकम अभाव भएको छ। बिभिन्न बैंकका त्यहाँका शाखा कार्यालयहरुले आफ्नो केन्द्रीय कार्यालयमा रकम अभाव सुरु भएको पत्र पठाउन थालेका छन्।

दुई महिनादेखिको यातायात बन्दले नोट कोष वा राष्ट्र बैंक कार्यालयहरुबाट पैसा ल्याउन नसकिएकाले बैंक शाखाहरुमा रकम अभाव हुन थालेको हो। बन्दका कारण पुरै समय बैंकका कार्यालयहरु खुलेका छैनन्, जति समय खुल्छन् त्यसबेला रकम राख्नेभन्दा झिक्नेको संख्या धेरै हुने गरेको छ।

केही बैंकहरुले तराईका शाखाहरुमा एक दिनमा झिक्न सकिने रकमको सीमा नै तोकेका छन्। यद्यपी बैंकहरुले औपचारिक रुपमा रकम अभाव भएको घोषणा भने गरिसकेका छैनन्।

सरकारी बैंकमा भने खासै समस्या देखिएको छैन। सरकारी बैंकहरुले नोट कोष चलाउने भएकाले पनि उनीहरुलाई रकम अभाव नभएको हो।
‘कार्यालय नै खोल्न समस्या छ, खुलेपनि छोटो अवधिका लागि मात्र हुन्छ,’ राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत  कृष्ण शर्माले भने, ‘हामी आफै पनि नोट कोष चलाउने भएकाले रकम अभावै भइहालेको छैन।’

निजी क्षेत्रका बैंकहरुलाई भने नगद व्यवस्थापन गर्न हम्मे परेको छ। कार्यालय खुलेको समयमा रकम झिक्नेको लाइन लाग्ने भएकाले रकम पुर्‍याउन गाह्रो भएको त्यहाँका शाखा प्रबन्धकहरु बताउँछन्। अधिकांस बैंकहरुले रकम अभाव भएका कारण एटिएम काउन्टर बन्दै गरिसकेका छन्।

‘तराईका शाखामा एउटा बैंकमा अभाव हुँदा अर्को बैंकबाट मागेर चलाउने गरेको रिपोर्ट आइरहेको छ,’ प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell