PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

​बबरमहल दुर्घटनाः बसका चालक प्रहरी सम्पर्कमा



​बबरमहल दुर्घटनाः बसका चालक प्रहरी सम्पर्कमा

काठमाडौं : सोमवार साँझ काठमाडौंको बबरमहलमा तीब्र गतिका कारण दुर्घटना भएको बसका चालक प्रहरी सम्पर्कमा आएका छन्।

बा१ख ८६७७ नम्बरको मिनिबसका चालक चन्द्रवहादुर तामाङ (३७) मंगलवार प्रहरीको सम्पर्कमा आएको ट्राफिक प्रहरी प्रवक्ता वसन्त पन्तले जानकारी दिए। पन्तका अनुसार तामाङलाई महानगरीय प्रहरी परिसर हनुमानढोका पठाइएको छ।

धुलिखेलबाट काठमाडौं आउँदै गरेको बा१ख ८६७७ नम्बरको बस सोमवार साँझ काठमाडौँ जिल्ला अदालतअगाडि पल्टिँदा तीनजनाको मृत्यु भएको थियो भने आठजना घाइते भएका थिए।  तीब्र गतिका कारण पल्टिएको बसले सडकमा गुडिरहेका चारवटा मोटरसाइकललाई किचेको थियो।

घाइतेहरुको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भैरहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell