PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

प्रशासन र स्थानीयबीच सहमतिपछि सिम्रौनगढको आन्दोलन स्थगित



प्रशासन र स्थानीयबीच सहमतिपछि सिम्रौनगढको आन्दोलन स्थगित

काठमाडौँ : बाटो मर्मत गर्नुपर्ने माग राख्दै भएको आन्दोलनका क्रममा गोली चलेर एक जनाको मृत्युपछि दुई दिनसम्म कर्फ्यु लगाउनु परेको बाराको सिम्रौनगढमा प्रशासन र स्थानीय बासिन्दाबीच १० बुँदे सहमतिपछि आन्दोलन स्थगित भएको छ। 

आइतबार राति भएको सहमतिपछि स्थानीय बासिन्दाले आन्दोलन स्थगित गरेको प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले पहिलोपोस्टलाई बताए। 

घटनाको सत्यतथ्य छानबिनका लागि आयोग गठन गर्ने, घाइतेको उपचार खर्च व्यहोर्ने, मृतकलाई सहिद घोषणाका लागि सरकारसँग सिफारिश गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति तथा रोजगारी दिने, भत्किएको बाटो पिच गर्ने, शान्ति कायम गर्ने तथा आन्दोलन स्थगित गर्ने सहमति भएको अर्यालले जानकारी दिए। 

गोली लागी घटनास्थलमै ज्यान गएका जयनारायण पटेलको परिवारलाई सरकारले ४० हजार किरिया खर्च दिएपछि परिवार शव दाहसंस्कार गर्न राजी भएको छ। 

सम्बन्धित समाचार
यसरी भड्काउन खोजिँदैछ मधेस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell