PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चीनका राष्ट्रपतिले लिए राष्ट्रसं‌घ महासभामा नेपालको पक्ष



  • पहिलोपोस्ट-
काठमाडौँ : चिनियाँ राष्ट्रपति सी जिनपिङले साना राष्ट्रहरुको स्वाधिनतामाथि प्रहार गर्न नहुने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा गएराति सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सीले नेपाल र भारतको प्रसंग उल्लेख नगरे पनि सांकेतिक रुपमा नेपालमाथि भारतले गरेको अघोषित नाकाबन्दीको विरोध गरे।

सीले महासभामा भनेका छन् 'स्वाधिनताको सिद्धान्त राष्ट्रसंघको च्याप्टर अनुसार सबै देशहरु बराबर छन्। ठूला, धनी र बलिया राष्ट्रले साना, गरिब र कमजोर मुलुकलाई तर्साउन हुँदैन।'

उनले अगाडि भनेका छन् 'स्वाधिनताको सिद्धान्त भनेको भौगोलिक अखण्डता मात्र होइन, सबै मुलुक पवित्र छन् र उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने विषय होइन। स्वाधिनताको मतलब सबै देशलाई स्वतन्त्र रुपमा आफ्नो देशको समाज व्यवस्था र विकासको मार्ग छान्न पाउनेमा साथ दिनु हो। सबै मुलुकलाई आर्थिक र सामाजिक विकासको गतिविधिमार्फत् जनताको जीवनस्तर सुधार गर्ने कार्यको सम्मान गर्नुपर्छ।'

सीले आफ्नो सम्बोधनका क्रममा ठूला राष्ट्रहरुले द्वन्द्व बढोत्तरी नगर्ने सिद्धान्त अपनाउनुपर्ने तथा एक अर्काको सम्मानको ख्याल राख्नुपर्ने बताए। 'ठूला देशहरुले साना मुलुकहरुलाई बराबरी हिसाबले व्यवहार गर्नुपर्छ र सही धारणा र दिशाका साथ न्यायका लागि सहयोग गर्नुपर्छ न कि न्याय भन्दा अगाडि आफ्नो स्वार्थ', सीले भनेका पपो छन् ।

सोमबार चीनको ६६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदुत वु छुन्ताईले पनि चिनियाँ राष्ट्रपतिले नेपालको पक्षमा बोल्ने बताएका थिए।

यसैबीचले चीनले १० बर्षका लागि एक बिलियन डलरको राष्ट्रसंघको शान्ति कार्य मिसनमा सहयोगका लागि दिने भएको छ। राष्ट्रपति सीले सो सहयोगको घोषणा गरेका हुन्। उनले विश्वमा शान्ति स्थापनाका लागि ८ हजारको फोर्स तयार राख्नुपर्ने प्रस्ताव गर्दै रकम त्यसमा नै खर्च गर्नु उपयुक्त हुने बताएका हुन्।

शान्ति, विकास र समान ता न्याय, प्रजातन्त्र, स्वतन्त्रताको उद्धेश्य प्राप्तिका लागि विश्व नै लाग्नुपर्ने धारणा सीले राखेका थिए। उनले त्यसका लागि एक अर्को मुलुकबीचको सम्बन्ध बराबरीमा आधारित हुनुपर्ने, बराबरीको हैसियत दिनुपर्ने बताए। त्यस्तै उनले उद्धेश्य प्राप्तिका लागि स्वच्छ, न्यायपूर्ण, संयुक्त योगदानमा आधारित सुरक्षा संरचना निर्माण गर्नुपर्ने तर्क गरे। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell