PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​नेपालमा भारतीय टिभी च्यानल ब्यान : कसरी हेरे भारतीय मिडियाले?



​नेपालमा भारतीय टिभी च्यानल ब्यान : कसरी हेरे भारतीय मिडियाले?

काठमाडौँ : नेपालमा आजदेखि भारतीय च्यानलमा लगाइएको प्रतिबन्धलाई भारतीय मिडियाले भारतविरोधी गतिविधि बढेको रुपमा लिएका छन्। कुन मिडियाले के लेखेका छन्, पहिलोपोस्टले खोजिनीति गरेको छ।

चीन र पाकिस्तानको षड्यन्त्र

एबिपी न्युजको इन्टरनेट संस्करणमा राखिएको समाचारमा नेपालमा भारतको विरोध तीव्र भएको भन्दै भारतीय टिभी च्यान अफ एयर गरिएको शीर्षक राखिएको छ।

समाचारमा नेपालमा चीन र पाकिस्‍तानको षड्यन्त्र अनुसार भारत विरोधी गतिविधि तीव्र भएको उल्लेख छ। सरकारका एक मन्त्रीले केवल कम्पनीको निजी निर्णय भएको र सरकारले यसको समर्थन नगरेको समाचारमा भनिएको छ।
 

एउटामात्र व्यापार जाँच चौकी बन्द गरेको

नवभारत टाइम्समा ‘भाषा’ न्युज एजेन्सीको समाचारमा भनिएको छ- भारतसँग जोडिएको एक प्रमुख व्यापार जाँच चौकी बन्द गरेको विरोधमा मंगलबारदेखि भारतीय च्यानलहरु अनिश्चितकालीन समयका लागि ब्ल्याकआउट गरिएको छ।

बढा विरोध, आज से नेपालमेँ भारतीय च्यानल नहीँ दिखाएँगे अपरेटर शीर्षक समाचारमा नेपालसँग जोडिएका सबै नाकाहरुमा भारतले गरेको नाकाबन्दीबारे केही उल्लेख नगरी एउटा नाकामात्र बन्द गरिएको भ्रम छरिएको छ।

‘यो कदम नेपालमा अहिलेसम्म संविधानको विरोध गरिरहेका तराईका बासिन्दाहरु विरुद्ध उठाइएको हो। यसलाई मधेसीहरुविरुद्धको जवाफी कारबाही मानिएको छ’, समाचारमा भनिएको छ।

आइबिएनले पनि भाषा समाचार एजेन्सीको यही समाचार राख्दै अन्त्यमा लेखेको छ- काठमाडौँ र नेपालका अरु सहरहरुमा भारतीय टेलिभिजन च्यानलहरु निकै लोकप्रिय छन्।

लाइभ हिन्दुस्तान डट कमले ‘नेपालमेँ भारतविरोधी प्रदर्शन, इन्डियन टीवी चैनल्स आफ एयर’ शीर्षकमा लेखेको समाचारमा भारतीय च्यानलको ठाउँमा चीन र पाकिस्तानको च्यानलहरु देखाइएको उल्लेख छ। ‘कथित तौरमा नेपालमा नयाँ संविधानलाई लिएर मधेसी आन्दोलनलाई भारतको समर्थनको आरोप लगाइएको छ,’ समाचारमा भनिएको छ। 

जागरणले नेपालमेँ भारतीय टिभीका ४२ च्यानल ब्यान शीर्षकमा समाचार दिएको छ। 'नेपाल गृह मन्त्रालयका प्रवक्ताले भारतले नेपाललाई अघोषित नाकाबन्दी गरेको आरोप लगाएको भन्दै भारतको भूमिकालाई लिएर नेपालमा प्रश्न उठाइएको उल्लेख छ। नेपालमा प्रदर्शित भारतीय ४२ च्यानलमा ब्यान लगाएपछि भारत र नेपालबीच कूटनीतिक स्तरमा पनि तनाव उत्पन्न भएको छ', समाचारमा भनिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell