PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

केबल र डिटिएचमा समेत भारतीय च्यानल बन्द



केबल र डिटिएचमा समेत भारतीय च्यानल बन्द

  • पहिलोपोस्ट -
काठमाडौं : नेपालका केबल टेलिभिजन र डाइरेक्ट टु होम (डिटिएच) अपरेटरहरुले आज बिहानदेखि भारतीय च्यानलहरुको प्रसारण बन्द गरेका छन्।  

यसअघि देशभरका सिनेमाघरले सोमबारदेखि नै भारतीय फिल्मको प्रदर्शन रोकिसकेका छन्।

केबल टेलिभिजन संचालकहरुले मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेका हुन्। भारतले सातादेखि नाकाबन्दी गरेपछि बसेको नेपाल केबल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको बैठकले यस्तो निर्णय गरेको थियो।

केबल टेलिभजनहरुले भारतीय च्यानल आउने ठाउँमा टिभी बन्द गरिएको सूचना राखिएको छ। डिसहोमले नाकाबन्दी तथा त्यसबाट उत्पन्न असहज परिस्थिति र दबाबका कारण च्यानल बन्द गरेको जनाएको छ।  


नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले भारतीय फिल्म, विज्ञापन र टेलिभिजन च्यानल बन्द गर्न लिखित दबाब दिएको थियो। चितवन, पोखरा र महेन्द्रनगरमा आइतबार नै च्यानल बन्द थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell