PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

संविधानका विशेषता जनतालाई बताउन प्रचण्ड आफै प्रस्तावित प्रदेशहरुमा जाने



संविधानका विशेषता जनतालाई बताउन प्रचण्ड आफै प्रस्तावित प्रदेशहरुमा जाने

काठमाडौं: एकीकृत माओवादीले नयाँ संविधानमा प्रस्तावित सातवटै प्रदेशका  जनतामाझ संविधानको विशेषता प्रष्ट पार्ने जाने भएको छ। एमाओवादीको सोमबार बसेको केन्द्रीय समितिको बैठकले संविधानको विषयमा बढ्दै गएका असन्तुष्टि साम्य पार्ने उद्देश्यले  कार्यक्रम गर्न लागेको नेता गिरीराजमणी पोखरेलले जानकारी दिए। 

संवीधानका विशेषता जनतालाई बुझाउने जिम्मा केन्द्रीय समितिले अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव टोपबहादुर रायमाझी सहितका पदाधिकारीलाई दिएको छ।

संविधानमा रहेका प्रावधान र यसका विशेषताका बारे सातवटै प्रदेश जाने भने पनि कार्यक्रम भने जम्मा ३ वटा प्रदेशमा मात्र तय गरिएको छ। मधेशी दलहरुको निरन्तरको आन्दोलनका कारण प्रदेश नम्बर दुईको कुन स्थानमा कार्यक्रम गर्ने भन्ने तय गरिएको छैन। असोज २५ गतेका लागि तोकिएको दुई नम्बर प्रदेशको कार्यक्रमको स्थान चाँडै टुंगो लाग्ने बताइएको छ।

त्यसबाहेक १ नम्बर प्रदेशको कार्यक्रम पुर्वको इटहरीमा असोज २० गते,  प्रदेश ३ र ४ को कार्यक्रम काठमाडौंमा असोज १६ गते हुनेछ भने प्रदेश नम्बर ५, ६ र ७ को कार्यक्रम कैलालीको अत्तरीयामा असोज २३ गते गर्ने निर्णय भएको पोख्रेलले बताए।  

त्यस्तै एकीकृत माओवादीले भारतको नाकाबन्दी विरुद्ध कार्यक्रम सुरु गर्न आफ्नो जनवर्गीय संगठनलाई निर्देशन दिएको छ। बैठक आगामी कार्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell