PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सिपोरा गुरुङले मोदीलाई भनिन्- 'आन्तरिक मामिलामा हस्तक्षेप नगर, यु सक!'



सिपोरा गुरुङले मोदीलाई भनिन्- 'आन्तरिक मामिलामा हस्तक्षेप नगर, यु सक!'

काठमाडौँ : अघोषित रुपमा नाकाबन्दी लगाएपछि नेपालीहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आक्रोशित हुन थालेका छन्। दुई पटक नेपाल भ्रमण गर्दा वाहवाही कमाएका मोदीप्रति अहिले सेलिब्रिटीहरुले समेत कडा टिप्पणी गर्न थालेका छन्। 

आइतबार राति फेसबुकको हेडक्वार्टरमा हुन लागेको प्रश्न उत्तर कार्यक्रमका लागि मार्क जुकरबर्गले फेसबुक प्रयोगकर्ताहरुलाई प्रश्न सोध्न गरेको अनुरोधमा जवाफ फर्काउँदै कयौँ नेपालीले नेपालमा भइरहेको नाकाबन्दीबारे मोदीसँग प्रश्न राखेका छन्। 

नेपालीहरुले राखेको प्रश्न मध्ये सबैभन्दा बढी लाइक भलिबल खेलाडी सिपोरा गुरुङको प्रश्नले पाएको छ। उनले भनेकी छिन्- 'नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर। यु सक।' 

उनले नराम्रो भन्ने अर्थमा अङ्ग्रेजीको सक शब्द उपयोग गरेकी हुन्। उनको कमेन्टमा यो समाचार तयार पार्दासम्म १२५० जनाले लाइक गरिसकेका छन्। 


 

 

I'm excited to announce that Prime Minister Narendra Modi of India will be visiting Facebook HQ later this month for a...

Posted by Mark Zuckerberg on Saturday, 12 September 2015



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell