PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

४२ दिनदेखि औषधि आपूर्ति भएन, भारतको नाकाबन्दीले भूकम्पमा समेत नभएको औषधि आपूर्तिमा समस्या



४२ दिनदेखि औषधि आपूर्ति भएन, भारतको नाकाबन्दीले भूकम्पमा समेत नभएको औषधि आपूर्तिमा समस्या

काठमाडौँ : नेपालमा हालै आएको विध्वंसकारी भूकम्पका समयमा पनि बिरामी र भूकम्पपीडितलाई औषधिको अभाव हुन नदिए पनि हालै भारतले गरेको नाकाबन्दी र मधेसमा चलिरहेको ५० दिन लामो बन्दका कारण देशमा औषधि आपूर्तिको समस्या उत्पन्न भएको नेपाल औषधि व्यवसायी सङ्घले बताएको छ। 

वाणिज्य विभागका महानिर्देशक शम्भूप्रसाद कोइरालाले भारतबाट औषधि बोकेको ट्रक हिँड्न नसकेको कारण ४२ दिनदेखि औषधिको आपूर्ति हुन नसकिरहेको बताउदै यो असहजस्थितिलाई सरकार,औषधि व्यवसायी तथा उपभोक्ता सबै मिलेर पार लगाउनुपर्नेमा जोड दिए।
 

संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रबहादुर श्रेष्ठले नेपालमा बर्षेनी रु २० अर्वको औषधि खपत हुने गरेको जानकारी दिए।

नेपालभर छरिएर रहेका झन्डै २८ हजार औषधि पसलबाट वार्षिक रु २० अर्बभन्दा बढीको औषधिको कारोबार हुने गरेको जानकारी कार्यक्रममा गराइयो। नेपालमा बिक्री भइरहेका ९० प्रतिशत औषधि भारतमा भन्दा सस्तो रहेको उनीहरुको दाबी छ । 

रजत जयन्ती समारोहको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री खगराज अधिकारीले उपभोक्तासम्म पुग्नुपर्ने औषधिजस्तो संवेदनशील वस्तुमा औषधि व्यवसायी, उत्पादक तथा वितरक गम्भीर हुनुपर्ने औँल्याउँदै हाम्रो सामूहिक प्रयासबाट मात्र गुणस्तरीय स्वास्थ्य सेवा दिन हामी सफल हुने बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell