PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​पारवहन भारतको कृपाको अधिकार होइन : झलनाथ



​पारवहन भारतको कृपाको अधिकार होइन :  झलनाथ

  • पहिलोपोस्ट -
काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भारतले नेपालको पारवहन अधिकार हनन् गरेर नाकाबन्दी गरेको आरोप लगाएका छन्।

रिपोर्टर्स क्लबमा भएको अन्तर्क्रियामा पारवहन अधिकार नेपालले भारतको कृपाले प्राप्त गरेको अधिकार नभएको उल्लेख गर्दै खनालले यो अन्तराष्ट्रिय अधिकार भएको जिकिर गरे।

'पूर्व पश्चिमका गाडी उतै रोकिएका छन्, मधेशवादी दलले भारतमा रोक्न सम्भव छैन। यसमा भारतीय पक्षको कमजोरी म देख्छु। पारवहन अधिकार भारतको कृपाको अधिकार होइन, अन्तराष्ट्रिय अधिकार हो', खनालले भने।

उनले नेपालमा निर्वाध रुपमा सवारी साधन आउने व्यवस्था गर्न समेत भारतलाई आग्रह गरे।

भारतले नेपाल ढुवानी हुने पेट्रोलियम पदार्थसहितका गाडी रोकेको प्रति खनाल आक्रोशित रुपमा प्रस्तुत भए। 'म भारत सरकारलाइ भन्न चाहन्छु पारवहन हाम्रो अन्तर्राष्ट्रिय अधिकार हो, म बिल्कुल विनम्र आग्रह गर्न चाहन्छु – बाधा व्यवधान भए जनताले अफ्ठेरो परे आफ्नो आफैँ लिन्छौँ', खनालले तर्क गरे।

उनले तराईको समस्यामा भारतले नाकाबन्दी गर्न जरुरी नभएको बताए। 'म भारतीय राजदूतलाई भन्न चाहान्छु – चाँडोभन्दा चाँडो नाकाबन्दी खुल्ला होस्, तपाँइले पहल गर्नुस्', खनालले भने, 'उनले नाकाबन्दी फुकुवा नभए तपाइँहरुलाई पनि अफ्ठेरो पर्न सक्छ।'

उनले नेपाल र भारतबीचको सम्बन्ध नाकाबन्दी गर्नुपर्ने अवस्थामा नपुगेको जिकिर गरे। अमेरिका, चीन, जापानले नेपालको संविधानको समर्थन गरेको अवस्थामा एउटा छिमेकी मात्र किन खुसी भएन बुझ्नुपर्ने कुरा भएको उनको भनाई थियो।

भारत र नेपाल सीमाको बीचमा दशगजामा अरु गतिविधि गर्न नपाइने भन्दै अन्तराष्ट्रिय नर्म्स पालना गर्न आग्रह गरे। 'मधेशी दलका मान्छे गएर आन्दोलन गर्नुले नेपाल/भारत सम्बन्ध बिगारेर दुनो सोझ्याउने काम भएको उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell