PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

चीनले स‍ंविधान जारी गरेकोमा दियो नेपाललाई बधाई, पढ्नुस् वक्तव्यका ३ बुँदा



चीनले स‍ंविधान जारी गरेकोमा दियो नेपाललाई बधाई, पढ्नुस् वक्तव्यका ३ बुँदा

काठमाडौँ : दक्षिणी छिमेकी भारतले स‍ंविधान घोषणा भए लगत्तै स्वागतको एक शब्दसमेत नराखी आफ्नो सीमामा जोडिएका जिल्लाहरुमा चासो देखाउँदै वक्तव्य जारी गरे पनि उत्तरी छिमेकी चीनले भने स्वागत गरेको छ। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ लेइको आजको नियमित पत्रकार सम्मेलनमा पहिलो प्रश्न नै नेपालबारे सोधिएको थियो। 

प्रश्न सोधिएको थियो- नेपालमा आइतबार संविधान जारी गरिएको छ। चीनको यसमा के प्रतिक्रिया छ? 

प्रवक्ता लेइको जवाफका तीन प्रमुख बुँदा यस्तो थियो-

नेपाललाई बधाई

नयाँ संविधान घोषणा गरिएकोमा चीन नेपाललाई हार्दिक बधाई दिन्छ। 

चीनको आशा

चीन नेपालले यो अवसरलाई राष्ट्रिय एकता, स्थिरता र विकासका लागि उपयोग गरेको हेर्ने आशा राख्छ। 

चीनको मह्त्व

चीन नेपालसँगको सम्बन्धलाई ठूलो महत्त्व दिन्छ। र द्विपक्षीय मैत्रिसम्बन्ध अझ गहिरो बनाउन र नेपालको आर्थिक र सामाजिक विकासमा सक्दो सहयोग गर्न चीन तयार छ। 

दोस्रो प्रश्नमा नेपालमा संविधान जारी गर्ने क्रममा भएका हिंसा र अल्पसंख्यक समुदायको अधिकारको चासो बारे थियो। भारत र अरु देशहरुले यसमा चासो जनाएको छ, चीनले यसलाई कसरी हेरेको छ? भन्ने प्रश्नमा उनको जवाफ थियो-
नेपालका सबै दलहरुले उनीहरुबीच भएका मतभेदलाई संवाद र सहमतिबाट सम्बोधन गर्दै देशको विकास र जनताको खुसीलाई ध्यानमा राख्ने आशा चीनले गर्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell