PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

​टुँडिखेलबाट प्रचण्डले भने 'भारतको एस म्यान हुन चाहदैनौं'



​टुँडिखेलबाट प्रचण्डले भने 'भारतको एस म्यान हुन चाहदैनौं'

काठमाडौं : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरु भारतले जे भन्यो त्यही मान्ने एस म्यान नहुने बताएका छन्।

संविधानको स्वागतमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा उनले भने 'हामी मित्र हुन चाहान्छौँ। हामी जे भन्यो त्यो मान्ने एस म्यान कहिल्यै हुन चाहँदैनौं। नेपालीहरु कहिले पनि एसम्यान भएनन्।' छिमेकीहरुबीच विशेष सम्बन्ध हुने भन्दै प्रचण्डले एक अर्काको चासो र समस्यालाई बुझिदिन आग्रह गरेका छन्। प्रचण्डले नेपालीहरुको स्वतन्त्रताको चाहनालाई सम्मान गर्न पनि भारतीय नेताहरुलाई आग्रह गरे।

'छिमेकी हुनुको नाताले विशेष सम्बन्ध र विशेष चाहना पनि हुन्छ, एक अर्काको चाहना बुझ्नुपर्छ', भारतीय नेताहरुलाई लक्षित गर्दै उनले भने 'हामी तपाहइहरुको जायज चासो चिन्तालाई स्वीकार गर्न चाहन्छौ सहयोग गर्न चाहन्छौं। हाम्रो पनि चासो र चिन्तालाई सहयोग गरिदिनुस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell