PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

​कनेक्टिकटमा नेपालीले गरे संविधानको स्वागत



​कनेक्टिकटमा नेपालीले गरे संविधानको स्वागत

काठमाडौंः नेपालमा संविधान जारी भएको खुशियालीमा अमेरिकी कनेक्टिकटमा रहेका नेपालीहरुले खुशियाली मनाएका छन्। 

अमेरिकी कनेक्टिकट नेपाली समाजले गरेको कार्यक्रममा त्यस क्षेत्रमा रहेका प्रवासी नेपालीहरुले खुशी साटासाट गर्नुका साथै दीप प्रज्वलन गरी स्वागत गरेका हुन्। त्यस कार्यक्रममा नेपालको नक्सा अंकित चित्रको बीचमा नेपालको संविधान २०७२ लेखी त्यसमा दीप प्रज्वलन गरिएको थियो।

कनेक्टिकट राज्यको वेष्ट हार्टफर्डस्थित जोन अफ कनेडी पार्कमा आयोजित दीप प्रज्जवलन कार्यक्रममा बोल्दै कनेक्टिकट नेपाली समाजका अध्यक्ष शंकर ढकालले नेपाललाई शान्ति, स्थायित्व र समृद्धिको बाटोमा अघि बढ्न र राजनीतिक अस्थिरताको जालो तोड्न यो संविधान साधक भएको बताए।

कार्यक्रममा बाल बालिकादेखि वृद्ध वृद्धासम्म झण्डै ३ सय नेपाली सहभागी थिए। कार्यक्रमका पुरुष सहभागीहरु ढाका टोपी र दौरा सुरुवाल लगाएर आएका थिए। उनीहरुले हातमा मैनवत्ती र नेपाली झण्डा फहराउँदै दीप प्रज्वलन गरी खुशी साटासाट गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell