PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एमाले चियापानमा यस्तो छ मेनु



काठमाडौं : नयाँ संविधान जारी भएको खुसीमा सत्तारुढ दल नेकपा एमालेले असोज ५ गते चियापान गर्दैछ। पार्टीका केन्द्रीय प्रचार विभाग सचिव योगेश भट्टराईले एमाले चियापानबारे उपलब्ध गराएको जानकारी अनुसार ४० हजार सहभागीका लागि खानपानको व्यवस्था गरिएको छ। दशरथ रंगशालामा आयोजनामा हुने कार्यक्रम दिउँसो १ बजेदेखि सुरु भएर ५ बजे सकिने छ।

आज भट्टराईले जारी गरेको सूचनाअनुसार चियापानमा सबैका लागि पकौडा, निम्की, बर्फी, स्याण्डवीच, कालो चिया र सेतो चिया  (चिनी भएको/नभएको) व्यवस्था गरिएको छ। यसका अतिरिक्त सहभागीका लागि थप स्याउ र विशिष्ट व्यक्तिहरुका लागि केराको प्रबन्ध गरिएको भट्टराईले जनाएका छन्।

सबै सहभागीहरुलाई विभिन्न भेषभुसामा सजिएका स्वयंसेवकहरुले रंगशालको मूल गेटमा स्वागत गर्ने कार्यक्रम छ। पार्टीका पदाधिकारीहरुले सबैलाई लामबद्धरुपमा स्वागत गर्ने कार्यक्रम छ भने पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालले विशिष्ठ पाहुना तथा विदेशी पाहुनाहरुलाई टेन्टभित्र स्वागत गर्ने कार्यक्रम छ।

चियापान कार्यक्रममा काठमाडौंको धिमेबाजा, पूर्वी पहाडको च्याबु्रंग तथा धाननाच, मध्य क्षेत्रको तामाङ्ग र हेल्मो बाजा, मिथिला क्षेत्रको बाँसुरी, थारु नाच, पश्चिमको डेउडा नाच, शोरठी नाच, खौजडी र लोकप्रिय पंचैबाजाले कार्यक्रमको रौनकता बढाउने छ।

कार्यक्रम स्थलमा सुरक्षाकर्मीहरुले सुरक्षा दिने छन् भने नेकपा(एमाले) को रातो ज्याकेट लगाएका एकसय स्वयसेवकहरुले कार्यक्रमलाई व्यवस्थित बनाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell