PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

कसमस विश्वकर्माले रिपब्लिका छाड्ने, सुभाष घिमिरे नयाँ सम्पादक



कसमस विश्वकर्माले रिपब्लिका छाड्ने, सुभाष घिमिरे नयाँ सम्पादक
कसमस विश्वकर्मा।

काठमाडौं :  सम्पादक कसमस विश्वकर्माले रिपब्लिका अंग्रेजी दैनिक छाड्ने भएका छन्। विश्वकर्माले बुधवार आफ्ना सहकर्मीहरुलाई आइतवारबाट नयाँ सम्पादकले पदभार ग्रहण गर्ने भन्दै बिदा मागेका हुन्।

रिपब्लिका स्रोतका अनुसार रिपब्लिकामा सुभाष घिमिरे नयाँ सम्पादकका रुपमा आउँदै छन्। ३० वर्षभन्दा कम उमेरका घिमिरे हार्वड विश्वविद्यालयमा पढेका हुन्। उनी यसअघि नेपाली मिडियामा सुनिएको नाम होइन।   

रिपब्लिकाका संस्थापक सम्पादक अमित ढकालले राजीनामा दिएपछि विश्वकर्मा २०६९ जेठ ५ गतेदेखि सम्पादक छन्। 

विश्वकर्माले भने औपचारिक निर्णय नभैसकेको पहिलोपोस्टलाई बताए। 'औपचारिक निर्णय भैसकेको छैन', उनले भने, 'अहिले होइन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell