PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

गच्छदारलाई प्रक्रियामा फर्काउन मध्यरातसम्म बालुवाटारमा वार्ता जारी



गच्छदारलाई प्रक्रियामा फर्काउन मध्यरातसम्म बालुवाटारमा वार्ता जारी

काठमाडौँ : प्रमुख तीन दल र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)बीच नयाँ संविधानका बारेमा प्रधानमन्त्री निवास, बालुवाटारमा अहिले राति अबेरसम्म छलफल भइरहेको छ । 

संविधानका विषयवस्तुमा असन्तुष्ट भई प्रक्रियाबाट बाहिरेको फोरम(लोकतान्त्रिक) लाई पुनः प्रक्रियामा ल्याउनेबारे सो छलफल भइरहेको हो। सो दलले सीमाङ्कन, समाुनपातिक समावेशितालगायत विषयमा असन्तुष्टि राख्दै आएको छ। 

बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलगायत सहभागी छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell