PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

​उचित र आवश्यक माग पूरा हुन्छन् : ओली



​उचित र आवश्यक माग पूरा हुन्छन् : ओली

काठमाडौँ : एमाले अध्यक्ष केपी ओलीले आन्दोलनरत पक्षका उचित र आवश्यक माग पूरा हुने बताएका छन्। एमाले संसदीय दलको कार्यालयमा आज आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले संविधान पारित भइसकेकोले दबाब उचित नहुने बताए।

मागहीन ढंगले, निरर्थक ढंगले आन्दोलन अगाडि बढाउन नहुनेमा जोड दिँदै ओलीले उचित माग सम्बोधन हुने आश्वासन दिएका हुन्।
जनता शान्तिको पक्षमा भएकोले संवैधानिक रुपमा शान्तिपूर्ण रुपमा असन्तुष्टि जाहेर गर्नुपर्ने उनको आग्रह थियो।

अन्तर्राष्ट्रिय प्रतिक्रिया कस्तो आइरहेको छ भन्नेबारे सोधिएको प्रश्नको जवाफमा ओलीले भने,' भारत र चीन लगायत अन्तर्राष्ट्रिय समुदायले खुसीका साथ स्वागत गरेका छन्। जनताले यसलाई सकारात्मक ढंगले उपलब्धिका रुपमा लिएका छन्, उहाँहरुको पनि त्यही हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell