PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

यो नेपाल राष्ट्र र स्वाभिमानको विजय हो : प्रचण्ड



यो नेपाल राष्ट्र र स्वाभिमानको विजय हो : प्रचण्ड

  • पुष्पकमल दाहाल 'प्रचण्ड'-
सत्तरी वर्षदेखिको नेपाली जनताको संविधानसभाबाट संविधान बनाउने सपना आज साकार भएको छ। अत्याधिक बहुमतद्वारा संविधान पारित भएको यो नेपाली जनताको विजय होइन, नेपाल राष्ट्र र नेपाली जनताको स्वाभिमानको विजय हो।

ती हजारौ सहिदहरु, बेपत्ता योद्धाहरुको सपनाको पनि आज विजय हो। यो संविधनसभाबाट संविधान बनाउने प्रक्रियामा निकै ठूलो बलिदानीपूर्ण संघर्ष गरेकोे पार्टी र त्यसको नेतृत्व हुनुको नाताले आज मैले ती तामम् सहिदहरु, बेपत्ता योद्धाहरु र गत ७० वर्षदेखि जजसले नेपालमा जनताद्वारा निर्वाचित प्रतिनिधिद्वारा संविधान बनाउने सपना देखेर लडाईँ लडेका थिए सशस्त्र, शान्तिपूर्ण ति सबैको विजय भएको छ। नेपालको विजय भएको छ, नेपालीको विजय भएको छ।

त्यसकारण म देशभित्रका सम्पूर्ण दिदीबहिनी दाजुभाइहरु जसले यो सपना साँचेर निकै ठूलो त्याग, तपस्या र बलिदानको इतिहास कोरेका थिए, उनीहरु सबैलाई र देश बाहिर भएका सम्पूर्ण नेपालीहरु देशमा शान्ति, स्थिरता र समृद्धिको एउटा क्रान्तिकारी परिवर्तन सहितको सपना देखेका थिए, ती सबैलाई म हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु। किनकी यो कुनै समान्य कुरा होइन र यसै सन्दर्भमा म के पनि भन्न चाहन्छु भने संघीय गणतन्त्रको संविधान घोषणा भएको छ।

संविधानसभा बाहिर रहनुभएका र या केही असन्तुष्टी र केही आफ्ना मागका कारण बाहिर रहनुभएका दललाई पनि म आज यो ऐतिहासिक दिनमा यो प्रक्रियाको नेतृत्व गर्ने गौरव प्राप्त भएको पार्टीको अध्यक्षको हैसियतले पनि सबैलाई फेरि पनि वार्तामा आएर संवादको तरिकाद्वारा यो ऐतिहासिक विजयमा आफू पनि सहभागी हुन र यो संविधानलाई परिमार्जन फेरि गर्दै अघि बढ्न र देशलाई स्थिरता, शान्ति र समृद्धिको दिशामा अगाडि जान सबैलाई एकताबद्ध पहलको रुपमा अपिल पनि गर्न चाहन्छु।

अहिले मधेसमा या कतिपय ठाउँमा जो आन्दोलनरत शक्तिहरु छन् उनीहरुका मागहरु संवादको माध्यमबाट भोलि संविधान संशोधनको माध्यमबाट सम्बोधन गर्न सकिन्छ। इतिहासमा कहीँ पनि संविधानसभाबाट संविधान बन्दा जे बन्यो त्यो धर्मशास्त्र बन्ने होइन, त्यो गतिशील दस्ताबेज नै बन्ने हो त्यसको संशोधन प्रायः हामी जहाँपनि देख्छौं। केही समय छिटोछिटो संशोधन हुने पनि गर्छन् त्यसकारण यसलाई कसैका जीत र कसैको हारको रुपमा होइन, सम्पूर्ण नेपालीहरुको जीतमा ग्रहण गरौं । यही बधाई र शुभकामना व्यक्त गर्दछु।

(संविधानसभाबाट दुई तिहाईभन्दा बढीको बहुमतले संविधान पारित गरेपछि संविधानसभा भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell