PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

​सभाध्यक्षले दिए राष्ट्रपतिलाई संविधान जारी गर्ने निम्तो



​सभाध्यक्षले दिए राष्ट्रपतिलाई संविधान जारी गर्ने निम्तो

काठमाडौं: असोज ३ गते संविधान जारी गर्न संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति डा. रामवरण यादवलाई निम्तो दिएका छन्।

आज बिहान राष्ट्रपति भवन शितलनिवास पुगेर नेम्वाङले राष्ट्रपति यादवलाई निमन्त्रणा गरेका हुन्। असोज ३ गते साँझ ५ बजे संविधानसभा भवनमा आयोजना हुने विशेष कार्यक्रममा राष्ट्रपति यादवले संविधान जारी भएको घोषणा गर्नेछन्।

सभाध्यक्ष नेम्वाङले राष्ट्रपति यादवलाई हिजै निम्तो दिन लागेका थिए। तर राष्ट्रपति कार्यालयबाट समय नमिलेपछि आज बिहान भेट गरेका हुन्। सं‌विधानसभाले अहिले परिमार्जित विधेयकमाथि परेका सं‌शोधन प्रस्तावलाई मतदानबाट टुंगो लगाउँदै गएको छ।

परिमार्जित विधेयक टुंगिएपछि त्यसका हरेक धारा पास गर्दै सभासदहरुले हस्ताक्षर र संविधानसभा अध्यक्षले प्रमाणिकरण गरेपछि आउँदो असोज ३ गते सं‌विधान जारी गर्ने संविधानसभा सचिवालयको तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell