PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गैँडा अल्पमतमा, गाई बहुमतमा, गैँडा राष्ट्रिय जनावर बन्न सकेन



गैँडा अल्पमतमा, गाई बहुमतमा, गैँडा राष्ट्रिय जनावर बन्न सकेन

काठमाडौँ : नेपालको राष्ट्रिय जनावर गाई हुने संविधानको परिमार्जित विधेयकको धारा ९ बहुमतले पारित भएको छ। यस धारामा परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत गरिएको थियो।

राष्ट्रिय जनावर गैँडा हुनुपर्ने भन्दै चित्रबहादुर केसी, शिवलाल थापा, यशोदाकुमारी लामा, अनुराधा थापा मगर, रामकुमार राई लगायतका सभासद्हरुले राखेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरिए।

नेपालका सबै जनावर, फूल राष्ट्रिय हुने भन्दै उपधारा ३ पूरै हटाउनु पर्ने श्याम श्रेष्ठको संशोधन प्रस्ताव पनि बहुमतले अस्वीकृत गर्‍यो।

धारा ९ मा रहेको नेपालको राष्ट्रिय गान सयौँ थुङ्गा फूलका हामीमा कुनै संशोधन परेको थिएन। त्यस्तै धारा २ मा रहेको नेपालको निशान छापको अनुसूचि ३ मा प्रमुख तीन दलको संशोधन प्रस्ताव पारित भएको छ।

संविधानको अंग बन्ने यो संशोधन प्रस्तावमा निशान छापमा नेपाल सरकारबाट निर्धारित रंगको प्रयोग हुने उल्लेख छ।

पारित भएको धारा ९ मा राष्ट्रिय गान, निशान छाप र राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पंक्षी डाँफे उल्लेख छ। राष्ट्रिय खेल कबड्डी वा कुस्ती हुनुपर्ने भनी दर्ता भएको संशोधन प्रस्ताव पनि पास हुन सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell